फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक विकासबारे विद्वानको भनाई

(GMT+08:00) 2019-12-15 16:02:05
यस बर्षको चिनियाँ केन्द्रीय आर्थिक सम्मेलनमा "आर्थिक विकासमा नयाँ शक्ति थप्नका लागि अहिलेको प्रणालीलाई सुधार गर्नुपर्ने" शीर्षक प्रस्तावमा व्यापक ध्यानाकर्षण भएको छ। डिसेम्बर १४ तारिख आयोजित २१औं पैचिङ विश्वविद्यालयको क्वाङ ह्वा नयाँ बर्ष मञ्चमा केही आर्थिक विद्वानहरूले आगामी चीनको आर्थिक उच्च गुणस्तरीय विकासका लागि प्रस्तावहरू प्रस्तुत गरेका छन्।

चीनको राज्य परिषदका सल्लाहकार एवम् चीनको विकास तथा सुधार समितिका पूर्व उपप्रमुख स्यु स्यान फिङले सो मञ्चमा सम्बोधन गर्दै नवप्रविधि विकास तथा उद्योग व्यवसायको सुधार कार्यमा नयाँ पूर्वाधार सुविधाहरूको निर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले नयाँ वेवसाइट सुविधाको निर्माणका लागि डिजिटल तथा बौद्धिक प्रविधि धेरै महत्वपूर्ण भएको र नयाँ पूर्वाधार सुविधाको निर्माणका लागि फाइभ-जी, क्लाउड कम्प्यूटिंग केन्द्र, कृत्रिम बुद्धिमत्ता, उद्योग नेटवर्किंग तथा सामान नेटवर्किंग लगायतका अरू प्रविधिहरू धेरै महत्वपूर्ण रहेको जानकारी दिनुभएको थियो।

आर्थिक व्यापारिक वातावरणको सुधार कार्यमा विश्वव्यापी रूपमा सबैभन्दा उत्कृष्ठ मुलुकहरूको सूचीमा चीन दुई बर्षदेखि निरन्तर रूपमा रहिरहेको छ।

जानकारी तथा लेखहरु