फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ यौंद्वारा लेसोथो राज्यको भ्रमण

(GMT+08:00) 2019-12-15 16:03:20
लेसोथो राज्यको भ्रमणमा रहनुभएका चीनको राज्य परिषदका सदस्य वाङ यौंले डिसेम्बर १३ तारिख राजधानी शहर मासेरुमा लेसोथो राज्यका प्रधानमन्त्री थोमस थबानासँग भेट-वार्ता गर्नुभएको चाइना मिडिया ग्रुपले जनाएको छ।

सो वार्तामा वाङ यौंले केही बर्ष यता चीन र लेसोथोबीचको सम्बन्धको स्वस्थ र स्थीर रूपमा विकास हुँदैआएको बताउनुका साथै यी दुई पक्षले एकले अर्कालाई सम्मान गर्दै सामानताका आधारमा राजनैतिक पारस्परिक विश्वासलाई थप बलियो बनाएको व्यक्त गर्नुभएको छ।

लेसोथो राज्यका प्रधानमन्त्री थबानाले लेसोथोले चीनसँगको सम्बन्धलाई उच्चस्तरीय महत्व दिँदै आएको र एक चीन नीतिको पालना गर्नुका साथै दुई पक्षीय राजनैतिक विश्वास तथा विभिन्न क्षेत्रीय मैत्रीपूर्ण सहकार्यलाई अरू बढी प्रवर्द्धन गर्नुपर्ने व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु