फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१२औं चीन, जापान र दक्षिण कोरिया स्वास्थ्य मन्त्री सम्मेलन सोलमा शुरू

(GMT+08:00) 2019-12-15 16:04:45
१२औं चीन, जापान र दक्षिण कोरिया स्वास्थ्य मन्त्री सम्मेलन डिसेम्बर १५ तारिख दक्षिण कोरियाको राजधानी शहर सोलमा शुरू भएको चाइना मिडिया ग्रुपले जनाएको छ।

चिनियाँ राष्ट्रिय सरसफाइ तथा स्वास्थ्य समितिका प्रमुख मा स्याउ वेइ, जापानी स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका मन्त्री कात्सुनोबु कातो, दक्षिण कोरियाली स्वास्थ्य तथा कल्याण मन्त्री पार्क नङ हूका साथै यी मुलुकहरूका स्वस्थ्य संस्थाहरू, विश्व स्वास्थ्य सँगठन अन्तर्गत पश्चिमी प्रशान्त क्षेत्रका ५० जना भन्दा बढी प्रतिनिधिहरू सो सम्मेलनमा सहभागी भएका छन्।

सो सम्मेलनमा तीनै पक्षले"चीन जापान र दक्षिण कोरियाले कडा फ्लू तथा नयाँ वा फेरि आउने संक्रामक रोगलाई संयुक्त रूपमा प्रतिवाद गर्न र त्यसविरूद्ध कार्य परियोजना"शीर्षक प्रस्तावमाथि हस्ताक्षर गर्नुका साथै"१२औं चीन, जापान र दक्षिण कोरिया स्वास्थ्य मन्त्री सम्मेलन"को संयुक्त विज्ञप्तिलाई अंगीकार गरेको जनाइएको छ।

जानकारी तथा लेखहरु