फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषद् अन्तर्गत भन्सार कर नियम परिषद्द्वारा नयाँ निर्णय

(GMT+08:00) 2019-12-15 16:05:55

चीन र अमेरिका दुवै पक्ष बीच हाल आर्थिक व्यापारिक समस्या सम्बन्धी छलफलको नतिजालाई व्यवहारमा उतार्नका लागि जन गणतन्त्र चीनको भन्सार ऐन, जन गणतन्त्र चीनको वैदेशिक व्यापार ऐन र जन गणतन्त्र चीनको आयात-निर्यात भन्सार करको नियम लगायतका कानून, नियम र अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त बमोजिम राज्य परिषद् अन्तर्गत भन्सार कर नियम परिषद्ले एउटा नयाँ निर्णय गरेको छ।

त्यस निर्णयमा भनिएको छ: निर्धारित योजना अनुसार डिसेम्बर १५ मध्यान्ह १२ बजेर १ मिनेटदेखि अमेरिकामा उत्पादित केही आयात मालसामानमाथि अस्थायी रुपमा १० प्रतिशत र ५ प्रतिशतको भन्सार कर लगाउने छैन। साथै अमेरिकामा उत्पादित मोटर-गाडी र त्यसका पार्टपुर्जामाथि अस्थायी रुपमा भन्सार करलाई स्थगित गर्ने छ। यसका अतिरिक्त अमेरिका सम्बन्धी अन्य भन्सार कर कदम निर्धारित नियम बमोजिम लागू गरिंदै जाने छ।

समान र एकले अर्काको सम्मान गर्ने आधारमा अमेरिकासँगै मिलेर राम्रोसँग पारस्परिक अभिरुचिका समस्याहरुको समधान गर्नुका साथै चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई स्थिर रुपमा विकसित पार्दै जाने आशा चीनले गरेको छ।

जानकारी तथा लेखहरु