फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा वैदेशिक खुलापनको अझ प्रवर्द्धन

(GMT+08:00) 2019-12-15 16:29:30
चीन अन्तर्राष्ट्रिय आर्थिक आदान-प्रदान केन्द्रको तत्त्वावधानमा चीनको आर्थिक वार्षिक सम्मेलन सन् २०१९-२०२० डिसेम्बर १४ तारिख पैचिङमा आयोजना गरिएको छ। वित्तीय, आर्थिक र बैकिङ क्षेत्रका धेरै पदाधिकारीहरूले केन्द्रीय आर्थिक कार्य सम्मेलनको मुख्य कार्य-नीति बमोजिम चीनको वैदेशिक खुलापनलाई कसरी प्रवर्द्धन गर्ने विषयबारे विचार-विमर्श गरेका छन्।

सन् २०२० सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने र १३औँ पञ्च वर्षिय योजनाको अन्तिम वर्ष हुनेछ। केन्द्रीय आर्थिक समिति कार्यालयका उपप्रमुख हान वन स्यौले सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने विभिन्न कार्यमा टड्कारो उपलब्धि प्राप्त गर्नुका साथै उपभोग, सुख र सुरक्षा सम्बन्धमा पनि जनताको अनुभव निरन्तर रुपमा उकासिंदै आएको जानकारी दिनुभएको छ।

साथै केन्द्रीय आर्थिक कार्य सम्मेलनको कार्य-नीति बमोजिम चीनले लगातार रुपमा स्थिर मुद्रा नीति अपनाउँदै जानेछ।

जानकारी तथा लेखहरु