चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२० का अवसरमा दिनु भएको शुभकामना सन्देशको नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च प्रशंसा गर्नु भएको छ।
बुधबार बिहान काठमाडौँमा चिनियाँ मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै उहाँले चीनले प्राप्त गरेउपलब्धि उत्साहवर्द्धक भएको र सीले आफ्नो शुभकामना सन्देशमा थुप्रै उपलब्धिलाई समेट्नु भएको बताउनुभयो। शान्ति र स्थिरतासँगै चीनले सीको नेतृत्वमा प्राप्त गरेको उपलब्धि विश्वकै लागि अनुकरणीय रहेको उहाँले बताउनुभयो। चीन निरन्तर विकासको मार्गमा अगाडि बढिरहेको भन्दै नेता प्रचण्डले चीनको स्थिर विकासले सबै मानव समाजलाई हित पुग्ने र सबैलाई समृद्ध बनाउने कुरामा उहाँले जोड दिनुभयो।
नयाँ वर्ष सन् २०२० मा चीनको विकासले नयाँ च्याप्टर खोल्ने र चीनको विकास निरन्तर जारी रहने पनि उहाँले बताउनुभयो। चीनले आपसी सम्पर्क संजाल विकास गर्दै बीआरआई मार्फत अन्य देशसँग पनि विकासको साझेदारी गरेको बताउँदै नेता प्रचण्डले मानवभाग्य समुदायको उज्जल भविष्य बनाएको बताउनुभयो।