फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दाभोसमा किन "चिनियाँ आवाज" सुन्न पाइने प्रतिक्षा हुन्छ?

(GMT+08:00) 2020-01-23 19:27:00
३ वर्षअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दाभोसलाई ऐतिहासिक सम्बोधन गर्दै दृढताका साथ आर्थिक विश्वव्यापीकरणको प्रक्रियालाई समर्थन र अघि बढाउँदै जाने कुरा औँल्याउनुभएको थियो। उहाँको कुराले महत्वपूर्ण र गहिरो असर पारेको छ। बितेका ३ वर्षयता विश्व आर्थिक विकासबाट राष्ट्राध्यक्ष सीको ठोस र निश्चित अनुमानलाई प्रमाणित गरिएको छ। चालु वर्षको दाभोस विश्व आर्थिक मञ्च सन् २०२० को वार्षिक सम्मेलनमा यथावत् रुपमा "चिनियाँ आवाज" सुन्न पाइने प्रतिक्षा रहिरहेको छ।

यस पटकको दाभोस विश्व आर्थिक मञ्च सन् २०२० को वार्षिक सम्मेलन व्यापारिक संरक्षणवाद र एकपक्षीयतावाद चर्कँदै गएको र विश्व अर्थतन्त्र मन्द हुँदै आएको पृष्ठभूमिमा आयोजना गरिएको हो। सो सम्मेलनमा सहभागी हुनुभएका चीनका उप प्रधानमन्त्री हान चङले आर्थिक विश्वव्यापीकरण सामु देखा परेको कठिनाई र समस्याको समाधान गर्नका लागि सँगै मिलेर सहिष्णु र खुलस्त विश्व अर्थतन्त्रको स्थापना गर्नुका साथै बहुपक्षीयतावादलाई कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको छ।

सहिष्णु र खुलस्त विश्व अर्थतन्त्रको कसरी संयुक्त रुपमा निर्माण गर्ने सम्बन्धमा समान रुपमा विचार-विमर्श गर्ने, एउटै डुङ्गा चढेर कठिन अवस्थाबाट निस्कने, सहकार्यमार्फत चुनौतीको सामना गर्ने र आर्थिक विश्वव्यापीकरणलाई अझ खुलस्त, सहिष्णु, सामूहिक हित कल्याणयुक्त, सन्तुलित र साझा जित हुने दिशातर्फ विकसित पार्ने कुरालाई कायम राख्न चीनले विभिन्न मुलुकलाई आह्वान पनि गरेको छ।

दाभोस मञ्चबाट सुनिएको "चिनियाँ आवाज" बाट के प्रमाणित गरिएको छ भने चीनले निरन्तर रुपमा आर्थिक विश्वव्यापीकरणमा योगदान गर्नुका साथै विश्व दिगो विकासका लागि लगातार रुपमा सशक्त जिवन्त शक्ति थपिदिंदै जानेछ।

जानकारी तथा लेखहरु