फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाका बिरामीका लागि पोखरामा उपचार उपकरणको अभाव

(GMT+08:00) 2020-02-04 16:40:07
रुघाखोकीले सिकिस्त एक बिरामी पोखराको फिस्टेल अस्पतालमा जँचाउन गए । चीनबाट फर्केर आएका उनलाई नोवल कोरोना भाइरस संक्रमणको आशंकामा सोमबार आईसीयूमा राखियो । उनीबाट संकलित नमुना संकलन गरियो । नमुना काठमाडौं पठाइँदै छ । तर परीक्षण गर्ने तथा नमुना संकलन गरी पठाउने क्रममा चिकित्सकले आवश्यक सुरक्षा सामग्री प्रयोग गर्न पाएनन् ।

कान्तिपुर अनलाइनका अनुसार कोरोना भाइरस संक्रमितको उपचारमा खटिने चिकित्सकले टाउकोदेखि खुट्टासम्म छोपिने गरी सुरक्षा सामग्री लगाउनुपर्छ । विशेष किसिमको हेलमेट, गाउन, मास्कलगायत सामग्रीको सेट दोस्रोपटक प्रयोग गर्न मिल्दैन । त्यस्ता सामग्री पोखराको एक अस्पतालमा मात्र छन् । लेकसाइडको सिविक अस्पतालसँग ५ सेट सुरक्षा सामग्री छन् । त्यसैगरी, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग रहेका ५ सेट सुरक्षा सामग्री संघीय स्वास्थ्य मन्त्रालयले नमुनास्वरूप पठाएको हो । भारतबाट ल्याउँदा एक सेटको मूल्य २ हजार २ सय रुपैयाँ पर्छ ।

यसैबीच चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थी राख्ने 'आइसोलेसन सेन्टर' पहिचानका लागि सरकारले सोमबार नेपाली सेनासहित सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सुरक्षा निकायसँगको बैठकपछि विद्यार्थीलाई सुरक्षित रूपमा राख्न मिल्ने सम्भावित स्थानहरू पहिचान गरी मंगलबारभित्र पेस गर्न निर्देशन दिएको हो ।

जानकारी तथा लेखहरु