फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली र विदेशी यात्रुलाई एउटै हवाई भाडादर कायम गर्न सरकारलाई निर्देशन

(GMT+08:00) 2020-02-06 17:38:03
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली र विदेशी यात्रुलाई एउटै हवाई भाडादर कायम गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले पर्यटन वर्ष २०२० को सन्दर्भ जोड्दै आन्तरिक उडानमा विदेशी यात्रुबाट असुल्दै आएको भाडामा विभेद रहेको भन्दै यस्तो निर्देशन दिएको हो । भाडामा फरक दर राख्दा विदेशी पर्यटकमा गलत सन्देश जाने भएकाले यस्तो निर्देशन दिइएको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो। नेपालभित्र आउजाउ गर्ने नेपाली र विदेशीलाई दिने भाडा दर तीन सय प्रतिशतसम्म फरक छ ।

समितिले आठबुँदे निर्देशन जारी गर्दै पर्यटन प्रवर्द्धनका लागि दीर्घकालीन योजना बनाउनुपर्ने प्रस्ताव सरकारलाई दिएको छ । 'आर्थिक विकासका लागि दूरगामी प्रभाव पर्ने गरी योजना बनाउन भनेका हौं,' निरौलाले भन्नुभयो, 'विश्वसम्पदा सूचीमा परेका पर्यटकीय स्थल घुम्न साइकल लेन बनाउन सुझाएका छौं ।' समितिले पर्यटन सर्किट बनाउन र विश्वस्तरकै सांस्कृतिक संग्रहालय बनाउन निर्देशन दिएको छ ।

कान्तिपुर अनलाइनका अनुसार त्यस्तो संग्रहालय नारायणहिटी दरबार परिसरमा बनाउन सकिने सांसदहरूको सुझाव छ । 'पर्यटन वर्ष सफल बनाउन सबै निकायसँग समन्वय गर्न भनेका छौं,' खरेलले भन्नुभयो।

जानकारी तथा लेखहरु