फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवा विश्वविद्यालयका प्रोफेसर डा बालमुकुन्द रेग्मीद्वारा चाइना मिडिया ग्रुपलाई अन्तर्वार्ता

(GMT+08:00) 2020-02-21 12:33:07

त्रिभुवन विश्वविद्यालयका आयुर्वेदिक चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख एवं नेपाल चीन सामाजिक सम्बन्ध प्रतिष्ठानका प्रमुख प्रोफेसर डा बालमुकुन्द रेग्मीले चीनमा चिकित्सा सम्बन्धी पढ्नुभएको छ। चाइना मिडिया ग्रुपका प्रतिनिधिसँग कुरा गर्दै चीनले कोरोना भाइरस नियन्त्रण गर्नका लागि गरेको प्रयासको रेग्मीले मुक्त कण्ठले प्रशंसा गर्नु भएको छ। चीनले अहिले स्कुल,कलेज, पसल तथा कारखाना बन्द गरेर कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै उहाँले यस्तो प्रसाय अनुकरणीय भएको बताउनुभयो। चीनका सबै प्रयासलाई समर्थन गर्दै चाँडै चीन कोरोना नियन्त्रण गर्न सफल हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो। उहाँकी छोरी अहिले चीनमा अध्ययन गर्दै चिनियाँ जनतासँगै कोरोना भाइसको प्रतिरोध गरिरहेको छ। उहाँले सञ्चार माध्यमका केही लेखमा एनसीपी निवारणमा चीनले गरेको प्रयासको प्रशंसा गर्नुभएको छ। रोग निवारणपछि चीनको विकास पुन राम्रो हुने उहाँको विश्वास छ।
जानकारी तथा लेखहरु