फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको सिलिगुडीमा पोखराको पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2020-02-23 16:38:17

चीनमा नोवल कोरोना भाइरसको सन्त्रासले पोखराको पर्यटनसमेत सुस्ताएपछि व्यवसायीले भारतको उत्तरपूर्वी सहरमा प्रवर्द्धन थालेका छन् । पोखराका पर्यटन व्यवसायी पश्चिम बंगालको सिलिगुडी र कोलकातामा प्रवर्द्धनात्मक कार्यक्रमसहित पुगेका हुन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा व्यवसायीले उत्तरपूर्वी भारतकै ठूलो पर्यटन मेला बंगाल ट्राभल मार्ट (बीटीएम) मा सहभागिता जनाए । सिलिगुडीको क्लब मोन्टाना भिस्टामा शनिबार मेला सुरु भएको छ । तीन दिन चल्ने मेलामा व्यवसायीले भारत, भुटान र बंगलादेशका ट्राभल तथा टुर कम्पनी, होटल, अवलोकनकर्ताबीच पोखराको प्रवर्द्धन गर्नेछन् । बीटीएममा नेपालको छुट्टै स्टल छ । भारतको इस्टर्न हिमालय ट्राभल एन्ड टुर अपरेटर्स एसोसिएसन (इटोआ) ले आयोजना गरेको मेलामा नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद् र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अन्तर्राष्ट्रिय एसोसिएट पार्टनर हुन् । मेलामा ५० भन्दा बढी स्टल छन् ।

नेपालको स्टलमा पोखराका होटल, ट्राभल, ट्रेकिङ र माउन्टेनियरिङ सम्बद्ध १२ व्यवसायीले डेस्क राखेको कान्तिपुर अनलाइनले जनाएको छ। आइतबार मेलामा 'पोखरा नाइट'मा पोखरासम्बन्धी वृत्तचित्र प्रदर्शनी गरिँदैछ । पोखराको लोकसंस्कृति झल्किने प्रस्तुतिसमेत राखिनेछ। परिषद्ले भारत सेल्स मिसन २०२० अन्तर्गत बीटीएममा सहभागिता जनाएको हो। फागुन १२ मा सेल्स मिसन टोली पश्चिम बंगालको राजधानी कोलकाता पुग्नेछ । फागुन १३ मा कोलकाता र पोखराका पर्यटन व्यवसायीबीच बीटूबी सेल्स मिसन कार्यक्रम हुनेछ । पोखराका व्यवसायीले आफ्ना प्याकेजबारे जानकारी दिनेछन् ।

जानकारी तथा लेखहरु