फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक मिनेटमा एक हजार मास्क उत्पादन क्षमताको स्वचालित मिशिन

(GMT+08:00) 2020-02-24 20:01:23

हालै क्वाङ्ग चौको एउटा व्यवसायले करोडौं चिनियाँ युआनको लगानी गरेर आफ्ना प्रबन्धलाई रुपान्तरण गरेर एउटा स्वचालित उच्च गतिको मास्क उत्पादन मेशन लाइनको संचालनमा ल्याएको छ।

यो उच्च गतिमा संचालित मिशिन भर्खरै रुपान्तरण गरिएको मास्कको उत्पादन मिशन हो। चार तहका कपडाबाट मिशिनमा एकै पटक मास्क बनाइन्छ। यो स्वचालित उच्च गतिको मिसिनबाट एक मिनेटमा एक हजार मास्क उत्पादन गर्न सक्छ र हरेक दिन १४ लाख ४० हजार मास्क उत्पादन गर्न सक्छ।

यो व्यवसाय पहिले एउटा डाइपर बनाउने प्रबन्धको उत्पादन व्यवसाय थियो। फेब्रुअरीको आरम्भमा बजारमा मास्क अभाव भएकाले क्वाङ्ग चौका विभिन्न विभागको संयोजनमा उत्पादन सामग्री आएपछि व्यवसाय पुन सुरु गरेको सातौं दिनमा मास्कको उत्पादन सुरु भएको हो।

व्यवसायको अनुमान अनुसार, फेब्रअरीको अन्त्यसम्म दुईटा यस्ता स्वचालित उच्च गतिका मास्क उत्पादन कार्य गरेर क्वाङ्ग चौ सहरको मास्क आवश्यक्तालाई पूरा गर्न सकिनेछ। मार्चसम्म यस्ता दश वटा उत्पादन कार्य पूरा हुनेछन्।

जानकारी तथा लेखहरु