फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोभिड १९ गम्भीर महामारी बनिनसकेको विश्व स्वास्थ्य संगठनको भनाइ

(GMT+08:00) 2020-02-25 17:02:54

इटली, इरान तथा दक्षिण कोरिया आदि क्षेत्रमा नयाँ कोरोना भाइरस निमोनियाका विरामीको संख्या बढिरहेको छ। तर हाल उक्त महामारी गम्भीर महामारी बनेको छैन। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस एधनोम घेब्रेयेसुसले फेब्रुअरी २४ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

उहाँका अनुसार, विश्व स्वास्थ्य संगठनले महामारीको व्याख्या गर्दै गम्भीर महामारी भन्ने शब्द प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्नु अगाडि भाइरस फैलिएको भौगोलिक क्षेत्र, जसबाट संक्रमित रोगको गम्भीरता र पूर्ण समाजको प्रभाव आदि विषयबारे निरन्तर मूल्याङ्कन गर्नुपर्छ। हाल कोभिड १९ विश्वव्यापी रूपमा नियन्त्रितविहिन प्रसार नभएको र ठूलो मात्रामा गम्भीर विरामी र मृतकको अवस्था पनि नदेखिएको उहाँले बताउनुभयो। त्यसैले गम्भीर महामारी वास्तविकतासँग मिलेको छैन।

विश्व स्वास्थ्य संगठनले जोखिममाथि निरन्तर मूल्याङ्कन गर्नुका साथै समयमै महामारीको विकास र परिवर्तनको निगरानी गर्नेछ।

जानकारी तथा लेखहरु