चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै चीनभरि बसन्ते कृषि उत्पादनबारे महत्वपूर्ण सम्बोधन दिँदै खतरा र चुनौतीका सामु कृषि उत्पादनलाई स्थिर पार्दै अन्नबाली तथा महत्वपूर्ण खाद्यान्नको सुरक्षालाई प्रत्याभूति दिनुपर्नेमा जोड दिनुभएको छ। विभिन्न तहले ग्रामीण क्षेत्र, कृषि र किसान भन्ने कार्यलाई महत्वपूर्ण स्थानमा राख्दै कोरोना भाइरस महामारीको नियन्त्रण गरेर आर्थिक तथा सामाजिक वार्षिक लक्ष्यलाई साकार तुल्याउनको लागि बलियो टेवा दिनुपर्ने पुष्टि पनि राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।
फेब्रुअरी २५ तारिख पैचिङमा आयोजित अखिल चीन बसन्ते कृषि उत्पादन कार्य सम्बन्धी टेलिभिजन तथा टेलिफोन बैठकमा सीले उक्त सम्बोधन गर्नु भएको हो।