फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कारखानाहरू पुनः संचालनमा

(GMT+08:00) 2020-02-26 19:49:05

कोरोना भाइरसको नियन्त्रण तथा प्रतिरोध क्रममा फेब्रुअरी १० तारिखदेखि चीनको सबैभन्दा पछिल्लो गाडी व्यवसाय मध्येको एक शाङ्गहाई टेस्ला सुपर कारखाना पूर्ण रुपमा सुचारू भएको छ। २ हजारभन्दा बढी कामदार कार्यरत यस कारखानामा नयाँ गाडी निरन्तर रुपमा उत्पादनको लाइनमा रहेको देखिन्छ। कारखानाले कामदारलाई मास्क, आँखाको सुरक्षा चश्मा आदि सुरक्षात्मक सामग्री प्रदान गर्नुका साथै कारखानामा धेरै विकीरणबाट तापक्रम नाप्ने क्षेत्रको व्यवस्थापन गरेको छ। यसका साथै हरेक २ सय मिटरको दूरीमा एउटा कीटाणुशोधन दराज राखिएको छ जसले हरेक २/२ घण्टामा कार्यस्थलमा कीटाणुशोधन गर्दछ। भोजनालयको डेस्कमा पनि पृथक् बोर्ड राखिएको छ।

उता च्याङसी प्रान्तमा पुनः संचालनमा आएको एक कारखानाबाट उत्पादित १०५ लक्जरी बसहरू मध्य पूर्व बजारतर्फ पठाइने छ।

निकट भविष्यमा रोगलाई जित्दै देशभरि सम्पूर्ण उत्पादन समान्य हुने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु