फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त जोताइमा २ करोड सेट कृषि मेसिन

(GMT+08:00) 2020-03-12 17:38:20

 

वसन्त जोताइमा कृषि मेसिन प्रयोग पूरा गर्न चालु वर्ष चीनले खरिद अनुदानलाई अघि बढाएको छ। विभिन्न क्षेत्रमा अनुदान कोष खडा गरिएको छ। केन्द्र सरकारले दिएको अनुदानको मात्रा चौध करोड चिनियाँ युआन पुगेको छ। समष्टिगत संचालनको गति पहिलेभन्दा द्रुत छ।

कृषि मन्त्रालयले अनलाइन सेवाबाट २० लाख कृषिमेसिन चालकलाई तालिम दिएको छ र ६२ लाख सेट मेसिन मर्मत गरेको छ। चालु वर्ष २ करोड २० लाख सेट कृषि मेसिन बारी जोताइमा प्रयोग भएका छन्।

हाल जोत्ने, खेती गर्ने, भित्र्याउने कृषि प्रविधीकरण दर ७० प्रतिशत पुगेको छ। गहुँ, धान, मकैको प्रविधीकरण दर ८० प्रतिशत नाघेको छ। यस वर्षको बसन्त जोताइ मेसिनको दक्षता प्रवृत्ति स्पष्ट देखिन्छ। २० हजार सेट स्वचालित ट्र्याक्टर प्रयोग भएका छन् भने ४० हजार सेट विरुवाको संरक्षण निगरानी ड्रोनबाट गरिएको छ।

जानकारी तथा लेखहरु