फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल चीन मैत्रीपूर्ण मञ्चका अध्यक्षद्वारा जी २० सम्मेलनमा चीनका राष्ट्राध्यक्षको भनाइको प्रशंसा

(GMT+08:00) 2020-03-27 12:17:06

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले मार्च २६ तारिख पैचिङमा जी २० मुलुक समूहको कोरोना भाइरस रोग सम्बन्धी विशेष शिखर सम्मेलनमा सहभागी हुनुभएको छ। उहाँले भाइरस सम्बन्धी देशको सीमा नभएकाले संसारको साझा शत्रु भएको भन्ने कुरामा जोड दिनुभएको छ। साथै विभिन्न मुलुकहरूलाई एकताबद्ध भएर संयुक्त प्रतिरोध र नियन्त्रण सञ्जालको निर्माण गर्नुपर्ने पनि औँल्याउनुभएको छ।

यसै बीच नेपाल चीन मैत्रीपूर्ण मञ्चका अध्यक्ष कल्याण राज शर्माले चीनका राष्ट्राध्यक्ष सीको भनाइको प्रशंसा गर्दै चीन भर्खरै मात्र महामारीको अवस्थाबाट गुज्रे तापनि आफ्नो सबै दुःख बिर्सेर विश्वलाई सहकार्य गर्न आह्वान गरेको बताउनुभयो। उहाँले विश्व कोरोना भाइरसको महामारीबाट गुज्रिरहेको अवस्थामा संसार एक नभइकन सफल हुननसक्ने प्रष्ट भएको भन्दै मानवजातिको विकासको रक्षा गर्न जरूरी बनेको बताउनुभयो। उहाँले चीन तथा चिनियाँ राष्ट्राध्यक्ष मानवजातिको विकासका साथै विश्वप्रति जिम्मेवार रहँदै आएको पनि बताउनुभयो। चिनियाँ राष्ट्राध्यक्षले शुरूदेखिनै मानवजातिको विकाससम्बन्धमा सिद्धान्त प्रतिपादनका साथै कार्ययोजनाको विकास गरेको पनि औँल्याउनुभएको छ। उहाँल् विकासोन्मुख देशको रक्षा र हितका लागि पनि जी २० सम्मेलनले ठूलो सहयोग पुर्याइरहेको बताउनुभयो।

जानकारी तथा लेखहरु