फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रोग प्रतिरोध सम्बन्धी चिकित्सा विशेषज्ञ टोली पाकिस्तानमा

(GMT+08:00) 2020-03-29 20:49:23
रोग प्रतिरोध सम्बन्धी चीन सरकारको चिकित्सा टोली मार्च २८ तारिख विशेष विमानद्बारा इस्लामावाद पुगेको छ। श्वासप्रसास, गम्भीर रोग, उपचार र हेरचाह, जाँचबुझ र क्वारेन्टाइन तथा चिनियाँ जडिबुटी आदि क्षेत्रका ८ जना विशेषज्ञ रहेको सो टोलीलाई राष्ट्रिय स्वास्थ्य आयोगको वारिसमा सिन्च्याङ युगुर स्वायत्त प्रदेशले पठाएको हो।

प्राप्त जानकारी अनुसार, त्यस विशेषज्ञ टोलीले पाकिस्तानसँग अनुभवको उपभोग र आपसी आदान-प्रदान गर्नुका साथै पाकिस्तानी चिकित्साकर्मी र आबास क्षेत्रका प्रतिरोध र नियन्त्रण व्यक्तिलाई सम्बद्ध तालिम र निर्देशन दिने गरेको छ। विशेषज्ञ टोलीले सिन्च्याङ युगुर स्वायत्त प्रदेशले चन्दा स्वरुप प्रदान गरेको १० टनका चिकित्सा सामग्री पनि पाकिस्तानतर्फ लैजाएको छ।

उक्त चिकित्सा विशेषज्ञ टोली बाहेक चीनको शान तुङ प्रान्तले बेलायतलाई पठाएको संयुक्त कार्यकारी टोलीले पनि हिजै बेलायततर्फ प्रस्थान गरेको छ। साढे १७ टन सामग्री बोकेको त्यस कार्यकारी टोलीमा रोग नियन्त्रण, चिनियाँ जडिबुटी, मानसिक शास्त्र र हेरचाह क्षेत्रका १५ जना सदस्य रहेका छन्।

जानकारी तथा लेखहरु