फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राजनीतिज्ञद्बारा पोम्पेओ रुपमा अमेरिकीको आलोचना

(GMT+08:00) 2020-03-29 20:51:47
"विश्वमा कुनै पनि मुलुकले कोरोना भाइरसलाई चिनियाँ भाइरस अथवा वुहान भाइरस भनेका छैनन्। कुनै अर्थबाट हेर्दा त्यो भौगोलिक राजनीतिक दृष्टिकोण होइन।" रोगको निहुँ खोजेर चीनको बदनाम गर्न खोजेको अमेरिकी कार्यबारे चर्चा गर्दै अमेरिकी पूर्व उप राष्ट्रिय सुरक्षा सल्लाहकार बेन रोडसले यस्तो आलोचना गर्नुभएको छ। उहाँले आलोचना गर्नुभएको व्यक्ति वास्तवमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ प्रतिनिधि रहेका केही बदमाश अमेरिकी राजनीतिज्ञहरू हुन्।

वर्तमान अमेरिका सरकारमा रहेको चीन विरुद्ध सशक्त तत्वको हैसियतले पोम्पेओले कोभिड-१९ देखा परेपछि देखाएका विभिन्न स्वरुप एकदमै खराब देखिएको छ। उनले धेरैपटक खुलस्त रुपमा भाइरसलाई "वुहान भाइरस" भनेर चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ राजनीतिक व्यवस्थालाई युगको त्रासका रुपमा बंग्याएका छन्। यसबाहेक, उनले वुहान भाइरसलाई जी ७ विदेश मन्त्री सम्मेलनको बक्तव्यमा समावेश गर्न खोजेका थिए। उनले देशभित्र र बाहिरका धेरै स्थलमार्फत चीनको बदनाम गदै षड्यन्त्रपूर्ण विचारको प्रचार-प्रसार गरेका छन्। उनको शीत युद्ध विचारधारा र भेदभाव भरिपूर्ण रहेको भनाइ ज्यादै आश्चर्य लागेको देखिन्छ। उनको कार्यले हाल संसारमा रोग प्रतिरोध सम्बन्धी सहकार्यमा गम्भीर हस्तक्षेप पनि गरेको छ।

जानकारी तथा लेखहरु