फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी चिकित्सा विशेषज्ञद्वारा एबिसी च्यानललाई अन्तर्वार्ताः कोभिड १९ भाइरस उहान ह्वा नान समुद्री खाना बजारबाट शुरु भएको गलत घरणा

(GMT+08:00) 2020-03-30 09:41:06

हालै अमेरिकाको तुलेन विश्वविद्यालय चिकित्सा कलेजका प्रोफेसर रोबर्ट ग्यारीले अमेरिकी प्रसारण कम्पनी एबिसीलाई अन्तर्वार्ता दिनुभएको छ। अन्तर्वार्तामा प्रोफेसर ग्यारीले उहान समुद्री खाना बजार कोभिड १९ भाइरसको उत्पत्ति स्थल नभएको धारणा व्यक्त गर्नुभएको छ।

धेरै मानिसले कोभिड १९ चीनको उहान सहरको एउटा समुद्री खाना बजारबाट शुरु भएको माने तापनि यो गलत धारणा भएको प्रोफेसर ग्यारीले अन्तर्वार्तामा बताउनुभएको छ। उहाँको कार्य टोलीको विश्लेषण र अरु संस्थाको विश्लेषणबाट त्यहाँभन्दा पहिले नै सो भाइरस उत्पत्ति भएको देखिएको प्रोफेसर ग्यारीले व्यक्त गर्नुभएको छ।

केही समय अगाडि प्रोफेसर ग्यारीको कार्य टोलीले प्राकृतिक चिकित्सा नामक पत्रिकामा एउटा थेसिस सार्वजनिक गरेको थियो। उक्त थेसिसमा कोभिड १९ भाइरस प्रकृतिबाट उत्पन्न भएको निष्कर्ष निकालिएको छ।

जानकारी तथा लेखहरु