फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

डेलिली एउटा विशाल उद्योग हो र धनी बनाउने एउटा उपयोगी माध्यम-महासचिव सी

(GMT+08:00) 2020-05-12 14:13:53

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले मै ११ तारिख चीनको वल्लो शान सी प्रान्तको निरीक्षण गर्नुभयो। मै ११ तारिख दिउँसो गरिबी निवारण सम्बन्धी कार्यबारे जानकारी लिन उहाँ वल्लो शान सी प्रान्तको ता थुङ शहरको युन चौ क्षेत्रमा अवस्थित अर्गानिक डेलिली फूल रोपाई क्षेत्र पनि जानुभएको थियो। सो क्रममा उहाँले खेतमा गएर काम गरिरहेका किसानहरुसँग हार्दिक आदान-प्रदान पनि गर्नुभयो। उहाँले भन्नुभयो, डेलिली एउटा विशाल उद्योग हो। यस उद्योगको विकास राम्रो हुनेछ। यस उद्योगको राम्रोसँग विकास तथा संरक्षण गरिनुपर्छ। यसलाई जनता धनी बनाउने एउटा उपयोगी माध्यम बनाइनुपर्छ।
जानकारी तथा लेखहरु