फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङ वल्लो शानसी प्रान्तको निरीक्षणमा

(GMT+08:00) 2020-05-13 10:24:38

ग्रीष्म ऋतुको आरम्भमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले चालू वर्षको सातौं आन्तरिक निरीक्षण भ्रमण थाल्नुभएको छ।

मै ११ तारिख उहाँले ताथुङ शहरको युनचौ क्षेत्रमा अवस्थित अर्गानिक डेलिली खेतीको नमूना क्षेत्र, सी फिङ टाउन्सिप फाङछन सी छुन गाँउबस्ति पुग्नुभई त्यहाँ गरिबी निवारणको प्रतिफलको अवस्था तथा बसाइ सराइको अवस्थाको निरीक्षण गर्नुभयो। त्यसपछि उहाँले युनकाङ गुफामा ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणबारे पनि जानकारी लिनुभयो।

मै १२ तारिख सी चिनफिङ थाइयुआन शहरमा उच्च गुणस्तरीय विकासतर्फ मोडिरहेको वल्लो शानसीको मिलिजुली सुधार नमूना क्षेत्रको सेवा केन्द्र पनि जानुभएको थियो। साथै उहाँले स्थानीय स्टील कारखानामा महामारीपछि पुनः संचालनमा आएको अवस्थाबारे पनि अवलोकन गर्नुभयो। त्यसपछि उहाँले फङ नदीको थाइवान चिनयाङ पुलमा नदीको व्यवस्था तथा पर्यावरणीय संरक्षण कार्यबारे पनि जानकारी लिनुभयो। वल्लो शानसीको निरीक्षणको अन्त्यमा उहाँले सम्पन्न समाजको चौतर्फी निर्माणकालागि गरिबी निवारण लक्ष्य पूरा गर्न सम्बन्धित कार्यको पनि निर्देशन दिनुभएको छ।

जानकारी तथा लेखहरु