फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस दुईटा अधिवेशनमा तीन नयाँ परिवर्तन

(GMT+08:00) 2020-05-20 20:01:21

पहिलो, नयाँ पृष्ठभूमि

महामारीको प्रभावका कारण सँधै मार्चमा हुँदै आएको चीनको दुई अधिवेशन यसपटक मे महिनासम्म पछि सारिएको छ। यो गत शताब्दीको नब्बे दशकयताको पहिलो घटना हो।

यसै मे महिनाको २१ र २२ तारिख दुई अधिवेशनको उद्घाटन समारोह निरन्तर दुई दिनमा आयोजना हुनेछ। जसबाट दुईटा अधिवेशनको समय छोटो पारिनुका साथै गति पनि तीव्र पारिएको छ।

दोस्रो, नयाँ तरिका

महामारी फैलिएको पृष्ठभूमिमा अधिवेशनको अन्तर्वार्ता गर्न मुख्यतः क्लाउड इन्टरभ्यू अर्थात् लिखित वा भिडियो अन्तर्वार्ताको तरिकाद्वारा गरिनेछ। वास्तवमा फेब्रुअरी र अप्रिल महिनामा राष्ट्रिय जन कांग्रेसको तेह्रौं समितिले दुईपटक बैठक आयोजना गरेका थिए। सो अवसरमा प्रतिनिधिहरूले उपस्थित र भिडियोद्वारा बैठकमा भाग लिएका थिए। यो राष्ट्रिय जनकांग्रेस स्थायी समितिको इतिहासमा पहिलो पटक हो। महामारीको रोकथाम तथा नियन्त्रणको मागलाई व्यवहारमा उतार्नुका साथै सर्वोच्च आधिकारिक संस्थाको सामान्य कार्यको प्रत्याभूति पनि यसले गरेको छ। यो कदम संविधानको मूल सिद्धान्त अनुकूल हुनुका साथै प्रभावकारी छ।

तेस्रो, नयाँ दृष्टि

चालू वर्ष नेपाली सेवामा कार्यरत् नेपाली पत्रकार लक्ष्मी लम्सालले पहिलोपटक प्रत्यक्ष रूपमा दुईटा अधिवेशनको अन्तर्वार्तामा भाग लिनुहुन्छ। सुरूमा उहाँले जन कांग्रेसको बैठकमा प्रत्यक्ष रूपमा उपस्थित हुने र प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा अन्तर्वार्ता लिने प्रतिक्षामा गर्नुभएको थियो। तर महामारीको पृष्ठभूमिमा उहाँको आशा साकार तुल्याइने छ कि? दुईटा अधिवेशनमा पहिलो पटक पत्रकारको हैसियतले सहभागिता जनाउँदा उहाँको आँखामा चीनका दुईटा अधिवेशन कस्तो देखिन्छ?

नयाँ अवस्था, नयाँ परिवर्तन। तर हामीले नेपाली साथीलाई राम्ररी जानकारी दिने सदिच्छापूर्ण आशामा कुनै परिवर्तन ल्याइएको छैन।

यस वर्ष चीनका दुईटा अधिवेशनबारे जानकारी दिने जिम्मेवारी ललिता र लक्ष्मीले वहन गर्दैछौं।

जानकारी तथा लेखहरु