फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल संक्रमित संख्या ५४८

(GMT+08:00) 2020-05-23 16:12:22

विश्वव्यापी महामारीको रुपमा कोरोना संक्रमणबाट संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। नेपालमा पनि दैनिक कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको समाचारमा जनाइएको छ।

शुक्रबार साँझसम्म नेपालमा कोरोना परीक्षण रिपोर्ट अनुसार थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ५४८ पुगेको गोरखापत्र अनलाइनले लेखेको छ। पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकामा कपिलवस्तुमा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडौँमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ।

 

जानकारी तथा लेखहरु