फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

(GMT+08:00) 2020-05-30 17:27:04
६७ वर्षअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए। मानव जगतकै लागि उठेको त्यो पाइलाले सानो मुलुक नेपाललाई विश्वभर चिनायो। सन् १९५३ पछिका हरेक वर्ष वसन्तकालीन सिजनमा सगरमाथाको टुप्पो देख्‍न र छुने अभिलाषा बोकेर स्वदेशी विदेशीहरुको भीड आधार शविरमा लाग्‍न थाल्यो। ६६ वर्षदेखि चलेको त्यो क्रम यो वर्ष भने रोकियो।

कान्तिपुर अनलाइनमा लेखिएको छ, यस वर्ष आरोहण सिजनमा सगरमाथा आधार शिविरमा सन्‍नाटा छायो। कारण, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९। तर, यसपटक तिब्बततर्फको उत्तरी मोहोडाबाट चिनियाँ सरकारी टोलीको उचाई नाप्‍ने मिसनबाहेक अरु कुनै पनि टोली त्यता गएन। विदेशीहरुले सजिलो मान्‍ने नेपालतर्फको दक्षिणी मोहाडा भने यसपटक सुनसान नै भयो।

८ हजार अग्ला १४ वटा हिमाल पहिलोपटक आरोहण गर्ने नेपाली आरोही मिङमा शेर्पाले भन्नुभयो 'सगरमाथामा यस्तो सुनसान यसअघि कहिल्यै भएको देखिएन, सुनिएन पनि। 'के अब नेपालको पर्वतारोहण चाँडै पुरानो लयमा फर्किएला ?' यो प्रश्नको उत्तर दिँदै पर्वतारोहणका ज्ञातासमेत मानिने आङछिरिङ शेर्पाले भन्नुभयो, 'कम्तीमा ४ वर्ष लाग्छ नेपालको पर्यटन बजार पुरानै लयमा उठ्न ।' किनकी यतिबेला कोरानाले संसारभरको अर्थतन्त्रमा मन्दी ल्याइदिएको छ। अर्थतन्त्रसँग जोडिएका सबै श्रृखंला खल्बलिएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको यस वर्ष ३ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरिसकेको छ। अनलाइनमा आधारित तथ्यांक अनुसार, करिब ४५ सय स्वदेशी तथा विदेशीले सगरमाथा चुचुरोमाथि पाइला टेकिसकेका छन् भने आरोहणका क्रममा ३ सय हाराहारीले ज्यान गुमाइसकेका छन्।

नेपालले १३ वर्षयता मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउँदै आएको छ। यो दिवसमा पर्यटन व्यवसायी, आरोहीलगायत सरकारका विभिन्न निकाय अत्यन्तै उत्साहजनक र उल्लाहसमय वातावरणमा यो कार्यक्रम काठमाडौंमा आयोजना गर्दै रेकर्ड ब्रेकरलाई पुरस्कृत गर्थे । तर, शुक्रबार पर्यटन मन्त्रालयमा जम्मा भएका मन्त्री योगेश भट्टराईसहित ४० हाराहारीले सामाजिक दूरी राख्दै सानो कार्यक्रम आयोजना गरे।

मन्त्री भट्टराईले कोभिड –१९ को प्रकोपका कारणले उत्साहजनक र सार्वजानिक समारोहकासाथ यो कार्यक्रम आयोजना गर्न नसकिएकोमा थकथकी मान्दै अर्को सालको कार्यक्रम उल्लासमय वातावरणमा उत्साहका साथ आयोजना हुने आशा व्यक्त गर्नुभयो।

शुक्रबारै काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले गत वर्ष नेपालतर्फबाट भएको र यस वर्ष चीन सरकारले गरेको सगरमाथाको सर्भे गर्ने दुबै टोलीलाई बधाई लेख्दै आफ्नो ट्विटर ह्याण्डलबाट दुवै मुलुकले संयुक्त विज्ञप्ति जारी गर्दै उचाई घोषणा गरिने बताउनुभयो। पछिल्ला दिन सुनिएका सगरमाथाबारेका विवादमा सरकारले केही नबोल्दा आङछिरिङसहित थुपै पर्यटन व्यवसायीहरुले मन दुखाएका छन्।

जानकारी तथा लेखहरु