फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थमन्त्री खतिवडाको दावीः ७/८ लाख रोजगारी सहजै सिर्जना गर्छौँ

(GMT+08:00) 2020-05-30 17:28:15
सरकारले नयाँ आवको बजेटमा थप २ लाख रोजगारी सिर्जना गर्ने बताएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले यसबारे शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा अलिकति परिमार्जन गर्ने र ठोस काम गर्ने तथा १०० दिन नै काम गर्ने परिस्थिति सिर्जना गरिने नेपालखबरले लेखेको छ।

'सानाकिसान कर्जा कार्यक्रम छ, सानाकिसान विकास बैंकमार्फत सहकारीलाई दिइने कर्जा हो यो, एसियाली विकास बैंकले दिएको ऋणलाई हामीले अनलेन्डिंग गरेका हौँ, साना किसान बैंकलाई। त्यहाँ करिब ३ अर्ब ६० करोड बजेट विनियोजन हुँदा करिब ४० हजारले रोजगारी पाउनेछन्।'

उहाँले युवा स्वरोजगार कर्जाको थप प्रवाहबाट १२ हजारलाई रोजगारी दिने बताउनुभयो। गरिबका लागि लघुउद्यम लगायत उद्योग क्षेत्रका कार्यक्रम उद्योग मन्त्रालयले सञ्चालन गर्ने र त्यसमा करिब १ लाख ३० हजार मानिसले रोजगारी पाउनेछन्। वन पैदावारमा आधारित रोजगारी कार्यक्रमबाट अर्को ३० हजारले रोजगारी पाउने उहाँको भनाइ छ। गरिबी निवारण कोषको करिब १९ अर्ब रुपैयाँ सामुदायिक संस्थाले सहकारीको माध्यमबाट परिचालन गरेर स्थानीय विकास निर्माण र स्थानीय उत्पादन कार्यमा लगाउँदा करिब डेढ लाख रोजगारी त्यहाँबाट सिर्जना हुने उहाँको भनाइ छ। प्राविधिक र व्यावसायिक शिक्षा तालिमबाट ५० हजार थप रोजगारी सिर्जना हुनेछ। सहुलियत कर्जा वितरण र अरु प्रक्रियाबाट जाँदा ७/८ लाख रोजगारी सिर्जना हुनेछ।

जानकारी तथा लेखहरु