फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हवाई इन्धनको मूल्यमा कटौती

(GMT+08:00) 2020-05-31 17:27:38
सरकारले हवाई इन्धनमा लगाइँदै आएको पूर्वाधार विकास कर हटाएपछि नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ८२ डलरले मूल्य घटाएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिनुभयो।

'विहीबार रातीदेखि नै लागू हुने गरी आन्तारिक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइएको र डिजेल, पेट्रोल र मटितेलको मूल्य यथावत राखिएको छ,' निगमका प्रवक्ता विनितमणी उपध्यायले भन्नुभयो।

घटेको मूल्यअनुसार अब आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कायम भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८६८ डलर कायम भएको अनलाइनखबरले जनाएको छ।

अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर हटाएको विहीबार घोषणा गर्नुभएको थियो।

जानकारी तथा लेखहरु