फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिन च्याङ युगुर स्वायत्त प्रदेशले उत्पादन र जनजीवन पूर्ण रूपमा पुनर्स्थापित

(GMT+08:00) 2020-06-03 18:34:37

चीनको सिन च्याङ युगुर स्वायत्त प्रदेशका सरकारको प्रेस कार्यालयका प्रवक्ता यिनलिच्याङ अनाइतीले जुन १ तारिख सिन च्याङमा लगातार १०० भन्दा बढी दिनसम्म नयाँ कोरोना भाइरस संक्रमणको नयाँ पुष्टि भएका घटनाहरू नभएको र यसले सामान्य उत्पादन र जीवनको क्रमलाई पूर्ण रूपमा पुनर्स्थापित गरेको जानकारी दिनुभयो।

प्रवक्ता यिनलिच्याङले सिन च्याङमा निश्चित परिमाण माथिका २ हजार १ सय १८ वटा औद्योगिक उद्यमहरूले काम पुन: सुरु गरेका छन् र कोइला र कपडा उद्योगहरूको उपयोग दर र पुनःउत्पादन दर शतप्रतिशत पुगेको बताउनुभयो। उहाँले जनवरीदेखि अप्रिलसम्म रेलवे माल ५ करोड ४० लाख टन भन्दा बढी पुगेको छ। यो गत वर्षको तुलनामा २० प्रतिशतले बृद्धि भएको र सिन च्याङ-मध्य युरोपीय रेलहरूले सामान्य सञ्चालन पुनः सुरु गरेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु