फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ राष्ट्रिय सुरक्षा कानुनमाथि बेलायती अधिकारीको भनाइबारे चीनको प्रतिकृया

(GMT+08:00) 2020-06-03 18:34:59

बेलायतका विदेशमन्त्री डोमिनिक राबले जुन २ तारिख संसदमा बोल्दै बेलायतले चीन-बेलायत संयुक्त वक्तव्यलाई सम्मान गरिरहेको तर चीनको राष्ट्रिय सुरक्षा कानुनले एक देश दुई प्रणालीलाई बिगारेर चीनको अन्तर्राष्ट्रिय कर्तव्यसँग प्रत्यक्ष विपरीत कार्य गरेको उल्लेख गर्नुभयो। चीनले हङकङको राजनीति र स्वशासित आधारमा हस्तक्षेप गरेमा हङकङको आर्थिक ढाँचा र समृद्धिमाथि दीर्घकालीन धम्की दिइने भन्दै उहाँले चीनसँग पुनःविचार गरी रोक्ने समय अझ रहेको बताउनुभयो।

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ ली च्येनले चीनको राष्ट्रिय जन काँग्रेसले हङकङको राष्ट्रिय सुरक्षा कानुनको विधान तथा संचालन गर्ने निर्णय नै चीनको आन्तरिक मामिला भन्दै कुनै पनि देशसँग त्यसमा हस्तक्षेप गर्ने अधिकार नरहेको दोहोर्‍याउनुभयो। बेलायतले त्यसबारे जथाभावी टिपण्णी र निन्दा गर्नु हङकङ मामिला र चीनको आन्तरिक मामिलामाथि बर्बर हस्तक्षेप भएको भन्दै चीनले त्यसको कडा विरोध गरेको पनि प्रवक्ता चाउले स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु