फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बलियो सार्वजनिक स्वास्थ्य प्रणालीको रचना

(GMT+08:00) 2020-06-03 19:09:20

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले जुन २ तारिख दिउँसो विशेषज्ञ तथा विद्वत् अध्यक्षता गरी महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। सो अवसरमा सी चिन फिङले जनताको सुरक्षा नै देश सुरक्षाको आधार हो भन्दै स्वास्थ्य क्षेत्रको जोखिमको प्रतिरोध गरिरहनुपर्ने दोहोर्‍याउनुभयो। बलियो सार्वजनिक स्वास्थ्य प्रणाली, प्रारम्भिक चेतावनी प्रतिक्रिया संयन्त्रको रचना गरी रोकथाम तथा नियन्त्रण र उपचारको क्षमतालाई सम्पूर्ण रूपमा बढाएपछि मात्रै व्यावहारिक रूपमा जनताको स्वास्थ्यलाई बलियो संरक्षण गर्न सकिने उहाँले बताउनुभयो।

महासचिव सीले स्वास्थ कार्यलाई राष्ट्रिय समष्टिगत रणनीति र सामाजिक सभ्यताको प्रगतिको समग्र स्थितिमा राखेर सार्वजनिक स्वास्थ्य प्रणाली रचनाको व्यवस्थित तयार गर्न वैज्ञानिक योजना बनाउनुभयो साथै सार्वजनिक स्वास्थ्य व्यवस्थापन क्षमतालाई बढाउन र जनतको स्वास्थ्यको संरक्षण गर्न आधार प्रदान गर्न निर्देशन पनि दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अठारौँ महाधिवेशनपछि सी केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले सार्वजनिक स्वास्थ्य सेवा प्रणालीको स्थिर रूपमा विकास गरेको र एच वान एन वान फ्लू, एन ७ एन ९, इबोलालगायत आकस्मिक महामारीको सफलताका साथ नियन्त्रण गरी जनताको स्वास्थ्यको संरक्षण गर्न बलियो प्रणाली संरक्षण प्रदान गरेको छ। जसबाट जन केन्द्रित, जीवन केन्द्रित प्रशासनिक विचारको सम्पूर्ण रूपमा देखाइएको छ र चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व र चीनको समाजवाद प्रणालीको स्पष्ट राजनीतिक श्रेष्ठता पनि सम्पूर्ण रूपमा देखाइएको छ।

जानकारी तथा लेखहरु