फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पत्रकारमाथि यस्तो आक्रमण गर्ने अमेरिकामा वाकस्वतन्त्रता कहाँ छ?

(GMT+08:00) 2020-06-03 20:26:32

म जहिले पनि यस्तो दृश्य देखेको थिइँन भनेर सीएनएनका एक प्रस्तोताले भन्नुभएको छ। उहाँले विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गर्दा लाटिन-अमेरिकी मूलका अश्वेत सहकर्मीलाई पक्राउ गरिएको देख्नुभयो। साथै त्यो समाचार प्रसारण गर्ने अर्की पत्रकारको दायाँ आँखा प्रहरीको रबरको गोली लागेर लभगभ पूर्ण रुपमा भङ्ग भएको छ। विरोध प्रदर्शन फैलिरहेको अमेरिकामा झनै बढी पत्रकारले प्रहरीको क्रुर व्यवहार भोगिरहेका छन्। वाक स्वतन्त्रको प्रसार गरिरहेको अमेरिका हाल पत्रकार लक्षित हिंसामा उत्रिएको छ।

अमेरिकी रेडियो तथा टेलिभिजन डिजिटल न्युज एजेन्सीका प्रमुख कार्यकारी डान शेलले पत्रकारलाई मात्रै नभई व्यापक सर्वसाधारणलाई पनि हानी पुर्‍याइएको गतिबिधिको प्रत्यक्ष प्रसारण तथा समाचारलाई अवरोध गरेको बताउनुभयो। संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टिफन डुजारिकले पत्रकारमाथिको प्रहार गर्ने लक्ष्य बनेमा समस्त समाजले त्यसको मूल्य चुकाउनुपर्ने दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु