फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सीद्वारा जर्मनी चान्सलरसँग टेलिफोन वार्ता

(GMT+08:00) 2020-06-04 16:37:50

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुन ३ तारिख राति जर्मनी चान्सलर एन्जेला मर्केलसँग टेलिफोन वार्ता गर्नुभयो।

राष्ट्राध्यक्ष सीले महामारीको स्थितिमा जर्मनी सरकारको वस्तुनिष्ठ अडान र वैज्ञानिक दृष्टिकोणलाई चीनले सराहना गरेको बताउनुभयो। उहाँले चीनले जर्मनीसँगसँगै डब्लुएचओको कामलाई समर्थन पुर्‍याउँदै, संयुक्त राष्ट्र संघ र जी २० को रूपरेखामा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्ने बताउनुभयो।

राष्ट्राध्यक्ष सी चिन फिङले महामारीको रोकथाम र नियन्त्रण तथा आर्थिक र सामाजिक विकासको समन्वय गर्नै पर्ने कुरामा जोड दिनुभयो। चीनको आर्थिक स्थिरता र दीर्घकालीन सुधारको आधारभूत परिवर्तन नभएको पनि उहाँले औँल्याउनुभयो। चीनले सधैँ खुला, विश्वव्यापी रूपमा सहयोग विस्तार र जर्मन कम्पनीहरूको चीनमा लगानी विस्तार गर्नका लागि राम्रो वातावरण सिर्जना गर्ने कुरालाई जारी राख्ने पनि राष्ट्राध्यक्ष सीले बताउनुभयो।

जर्मनी चान्सलर मर्केलले चीनका दुई अधिवेशनमा आर्थिक र सामाजिक विकासका लागि तर्जुमा गरिएको योजनाहरुलाई ठूलो महत्व दिएको बताउनुभयो। उहाँले जर्मन-चीन आर्थिक सहयोग अझ गहिराइको लागि जारी राख्ने पनि उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु