फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा जातीय विभेद कसरी अन्त्य होला?

(GMT+08:00) 2020-06-04 16:38:32

अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्रायडको मृत्युबाट सुरु भएको विरोध प्रदर्शन अमेरिकामा धेरै दिनदेखि चलिरहेको छ। अमेरिकी संचारमाध्यमका अनुसार विरोध प्रदर्शनले सन् १९६८ को सामूहिक स्मृति जस्तै रुप लिएको छ। सन् १९६८मा, अमेरिकी जनताले जातीय विभेद विरूद्ध विशाल जुलुस प्रदर्शन गरेका थिए। सो जुलुसमा नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङको हत्या भएको थियो।

अमेरिकी "राष्ट्रिय चासो पत्रिका"मा जुन २ तारिखका दिन एउटा लेख प्रकाशित भएको छ। लेखमा आजसम्म, अफ्रिकी मूलका अमेरिकी नागरिकको अधिकार र हितका लागि सडकबाट लड्न अझै लामो र कठिन छ। यो मार्टिन लुथर किङको संघर्ष जत्तिकै रहेको सो पत्रिकाले उल्लेख गरेको छ।

उक्त लेखमा सन् १९६८ को तुलनामा हाल अमेरिकामा गरीबीको संख्या अझै बढेको छ। यद्यपि सन् १९६८ को तुलनामा अफ्रिकी मूलका नागरिकको जीवनस्तर केही सुधार भएपनि यी प्रगति गहिराइमा भएका छैनन् भन्ने जनाइएको छ।

अमेरिकी सिएनएनले जुन २ तारिखका दिन एउटा लेख प्रकाशित गर्दै अमेरिका सम्पूर्ण देश जातीय सम्बन्धको हिंसात्मक इतिहास सामना गर्न अनिच्छुक छ र ठूलो संख्यामा मानिसहरू विश्वास गर्छन् कि अमेरिकाले जातीय मुद्दामा उल्लेखनीय प्रगति गरेको छ। अफ्रिकी मूलका अमेरिकी नागरिकको न्याय प्रणालीमा असमानता, खराब स्वास्थ्य सेवा, रोजगारीमा विभेद र गम्भीर असमानताको लामो समयदेखिको समस्यालाई प्रभावकारी समाधान गर्न नसकेको जनाइएको छ।

जानकारी तथा लेखहरु