फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न ठाउँमा पसल र रात्रिबजार पुनः सुचारु

(GMT+08:00) 2020-06-04 16:38:59

पछिल्ला दुई दिनमा, छङतुको पसलहरु झकिझकाउ भएको र वुहानमा रात्रि बजार खुलेका छन्। वुहानको सबैभन्दा ठूलो रात्रि बजार अन्ततः पुनः सुरु भएको छ। केवल वुहान मात्र होइन, चीनका धेरै ठाउँमा सान्दर्भिक नीति ल्याएको छ जसले पसलहरू स्थापना गर्न अनुमति दिएको छ।

च्याङ सु प्रान्तको सु चौ शहरको कुसु क्षेत्रमा पार्किंग स्थलको रूपमा प्रयोग गरिएको खाना महोत्सव विकसित भएको छ। हरेक रात सो क्षेत्रमा व्यापार बढ्दै छ र वरपरका ठूला र साना व्यवसायहरुको व्यापार पनि धेरै बढ्दै आएको छ।

च्याङ सी प्रान्तको नान छाङ शहरको सिहु क्षेत्रको रात्रि बजारको सडकमा, एक पसलको दैनिक कारोबार ८ हजार युआनबाट बढेर ३० हजार युआन पुगेको छ।

"स्टल्स अर्थव्यवस्था"को फर्काइले वास्तवमा धेरै बेरोजगारहरूलाई तत्कालको आवश्यकता पूर्ति गर्न सहयोग गरेको छ। यो रोजगारी र जनताको जीविकोपार्जनको लागि न्यानो हृदयको चाल मात्र होइन, विभिन्न स्थानहरूमा आर्थिक सुधारको सूक्ष्य प्रगति पनि हो।

जानकारी तथा लेखहरु