फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ विधान हङकङको आधारभूत हितलाई फाइदा पुग्ने चीनको परराष्ट्रमन्त्रालयको भनाइ

(GMT+08:00) 2020-06-04 18:50:45

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ ली च्येनले चीनको राष्ट्रिय जन काँग्रेसको सम्बन्धित निर्णय र राष्ट्रिय जन काँग्रेस स्थायी समितिको विधानको लक्ष्य राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, हितको संरक्षण, हङकङको दीर्घकालीन सुरक्षा, समृद्धि र स्थिरको संरक्षण, एक देश दुई प्रणाली स्थिर रूपमा संलालन हुन आवश्यकता दिने रहेको बताउँदै हङकङको आधारभूत हितलाई मात्रै नभई अन्तर्राष्ट्रिय समूहको साझा हितलाई पनि फाइदा पुग्ने बताउनुभयो।

जुन ४ तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले उक्त कुरा बताउनुभएको हो। थाहा भएअनुसार, चीनको राष्ट्रिय जन काँग्रेसले हङकङको राष्ट्रिय सुरक्षा कानुनको विधानलाई बढाएबाट केही पश्चिमा मुलुकको शंका गरे पनि धेरै मुलुकले खुला गरी चीनको समर्थन गरेका छन्।

प्रवक्ता चाउले हङकङ चीनको मातृभूमि फर्केयता एक देश दुई प्रणाली, हङकङेली स्वशासित, उच्च डिग्रीको स्वतन्त्रतालगायत नीति व्यावहारिक रूपमा पालना भएको छ भने हङकङ सर्वसाधारणका विभिन्न अधिकार र स्वतन्त्रताको सम्पूर्ण रूपमा संरक्षण गरिएको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु