फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अन्य देशहरूसँग वातावरणको संरक्षण गर्ने

(GMT+08:00) 2020-06-05 17:21:35

जुन ५ तारिख विश्व वातावरण दिवस हो। यस बर्षको वातावरण विदवसको नारा "प्रकृतिको संरक्षण अति आवश्यक" रहेको छ। केही वर्षदेखि, पर्यावरणीय सभ्यताको निर्माण चीनको राष्ट्रिय विकासको समग्र रूपरेखामा समावेश गरिएको छ। "मानिस र प्रकृतिको शान्तिपूर्ण सहअस्तित्वमा" चीनको राष्ट्रिय निर्माणको आधारभूत रणनीति भएको छ।

यस वर्षको शुरूदेखि, राजधानीमा रूख रोप्ने क्रियाकलापमा भाग लिनुभएको र च च्याङ, पल्लो शान्सी र वल्लो शान्सीको निरीक्षणमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले पृथ्वीको वातावरणको संरक्षणको अवधारणामा जोड दिनुभएको छ।

पूर्वी चीनको हाङ चौस्थित सिसी राष्ट्रिय सिमसार पार्क चीनको पहिलो राष्ट्रिय सिमसार पार्क हो। यस वर्षको अप्रिल ३१ तारिखका दिन राष्ट्राध्यक्ष सीले सो क्षेत्रको पनि निरीक्षण गर्नुभयो। उहाँले सिमसारको सबैभन्दा मूल्यवान मूल पारिस्थिति हो भन्दै मूल पारिस्थिति पर्यटनको पूँजी रहेको औँल्याउनुभयो। उहाँले पर्यटनको विकासले वातावरणलाई त्याग्न नसकिने कुरामा जोड दिनुभयो।

सन् २०१९ को जुन ५ तारिखका दिन विश्व वातावराण दिवसको मुख्य कार्यक्रम चीनको च च्याङ प्रान्तको हाङ चौमा आयोजना भएको थियो। सो अवसरमा राष्ट्राध्यक्ष सीले शुभकामना पत्रमा मानिसजातिको केवल एउटा पृथ्वी छ र पर्यावरणीय संरक्षण गर्न र दिगो विकासलाई बढाउन सबै देशहरूको साझा दायित्व रहेको कुरामा जोड दिनु भएको थियो।

जानकारी तथा लेखहरु