फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले कोभिड १९ को खोप, औषधि र परीक्षण कार्यमा अनुसन्धान बढाइरहेको प्रधानमन्त्री ली ख छ्याङको भनाइ

(GMT+08:00) 2020-06-05 17:22:17

जुन ४ तारिख राति चीनका प्रधानमन्त्री ली ख छ्याङले विश्व खोप शिखर भिडियो सम्मेलनलाई सम्बोधन गर्नुभयो। चीनले कोभिड १९ को खोप, औषधि र परीक्षण कार्यहरूमा अनुसन्धान बढाइरहेको भन्दै चीन खोप अनुसन्धानमा अन्तर्राष्ट्रिय सहयोगलाई महत्व ध्यान दिएको प्रधानमन्त्री लीले बताउनुभयो।

प्रधानमन्त्री लीले चिनियाँ जनताको कडा प्रयासपछि महामारीलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको बताउनुभयो। तर महामारी समाप्त नभएको भन्दै सबै देशका जनताको स्वास्थ्य र सुरक्षा अन्योन्याश्रित रहेको कुरामा उहाँले जोड दिनुभयो। त्यसकारण महामारीका विरुद्धमा कुनै पनि देश एक्लो हुन नसक्ने कुरा उहाँले दोहोर्‍याउनुभयो।

महामारीबाट प्रभावित देशहरू, विशेष गरी विकासोन्मुख देशले महामारी बिरूद्ध लड्न र उनीहरूको आर्थिक तथा सामाजिक विकासको पुनःप्राप्तिमा चीनले निरन्तरता रुपमा सक्दो सहयोग पुर्‍याइरहेको प्रधानमन्त्री लीले बताउनुभयो।

३० भन्दा बढी देशका नेताहरू, संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठन जस्ता अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू उक्त विश्व खोप भिडियो शिखर सम्मेलनमा सहभागी भएका छन्।

जानकारी तथा लेखहरु