फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हंगकंगको समस्या पूर्ण रूपमा चीनको आन्तरिक मामिला चीनको स्पष्टोक्ति

(GMT+08:00) 2020-06-05 19:15:08

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिआ जाकजारोवाले जुन 4 तारिख आयोजित पत्रकार सम्मेलनमा हंगकंगको समस्या पूर्ण रूपमा चीनको आन्तरिक मामिला रहेको बताउनुभयो। अमेरिका र बेलायतले हंगकंगको मुद्दालाई संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा प्रवेश गराएको भन्दै चीनको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनका आधारभूत मापदण्डको गम्भीर उल्लंघन गरेको उहाँले बताउनुभयो।

जुन 5 तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले चीनले रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिआ जाकजारोवाको कुरालाई चीनले उच्च सराहना गरेको बताउनुभयो। हालसालै रुसी विदेश मन्त्री सर्गेई लाभारोभ, प्रवक्ता जाकजारोवा र अन्य रूसी अधिकारीहरूले हंगकंग सम्बन्धी समस्याहरूको बारेमा चीनको न्यायोचित ओहदाका लागि आफ्नो समर्थन व्यक्त गरेका छन् र बाह्य शक्तिलाई चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेको प्रवक्ता कङले बताउनुभयो। उहाँले चीन र रुसी सम्बन्धको उच्च स्तरलाई यसले मात्र प्रतिबिम्बित नगर्ने तर अन्तर्राष्ट्रिय समुदायमा अन्तरदृष्टि रहेका मानिसहरूका सर्वसम्मत आह्वानलाई पनि प्रतिबिम्बित गरेको बताउनुभयो।

प्रवक्ता कङले हंगकंगको समस्या पूर्ण रूपमा चीनको आन्तरिक मामिला भएकाले कुनै विदेशीलाई हस्तक्षेप गर्ने अधिकार नभएको कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु