फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वव्यापी महामारी प्रतिरोधको लागि चीनको योगदान सर्वविदित

(GMT+08:00) 2020-06-09 20:24:53

हालै चीन सरकारले 'कोरोना महामारी प्रतिरोधमा चीनको कार्वाही' विषयक श्वेत-पत्र सार्वजनिक गरेको छ जसमा महामारी प्रतिरोध सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगमा चीनको विचार, कार्वाही तथा प्रस्तावबारे व्याख्या गरिएको छ।

आशियानका उप महासचिव खाङफुले महामारीको विभिन्न चरणमा रहेका मुलुकहरूले सफल चिनियाँ अनुभव सिक्न सो श्वेत-पत्र सहयोगी भएको विचार व्यक्त गर्नुभएको छ।

हाल कोभिड-१९ महामारी विश्वमा फैलिरहेको छ र यस्तो पृष्ठभूमिमा के गर्ने? 'एक्यवद्धता तथा सहयोग नै अन्तर्राष्ट्रिय समाजले महामारीलाई जित्ने सबैभन्दा शक्तिशाली हतियार हो'। संयुक्त नियन्त्रण तथा रोकथाम सम्बन्धि प्रभावकारी अन्तर्राष्ट्रिय सहयोग गर्दै महामारी प्रभावका कमजोरी सामना क्षमता भएका मुलुकहरू तथा क्षेत्रलाई सहयोग दिएर विश्वको सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुधार गर्दै चीनले महामारी प्रतिरोधमा चिनियाँ प्रस्ताव तथा शक्ति प्रदान गर्दै जाने कुरा सो श्वेत-पत्रमा उल्लेख गरिएको छ।

तीमध्ये विश्व स्वास्थ्य संगठनको नेतृत्वदायी भूमिका निकै महत्वपूर्ण कुरा हो। हालसम्म चीनले विश्व स्वास्थ्य संगठनलाई २ खेपमा ५ करोड अमेरिकी डलर बराबर नगद सहयोग प्रदान गरिसकेको छ र विश्व खोप संघ लगायतका लागि सहयोग पनि दिइरहेको छ। साथै खोपको विकास भएपछि त्यसलाई सार्वजनिक उत्पादित वस्तुको रूपमा विश्वव्यापी प्रस्तुत गर्ने वचन पनि चीनले दिएको छ।

हाल चेतना दिनुपर्ने कुरा के हो भने कोभिड-१९ महामारीबाट विश्व अर्थतन्त्रमा प्रभाव देखा पर्न थालिसकेको छ। चीनले विभिन्न मुलुकसँगै मिलेर अन्तर्राष्ट्रिय समष्टिगत आर्थिक नीति समन्वय गर्दै विश्वको उत्पादन श्रृंखला र आपूर्ति श्रृंखलाको स्थिरता, सुरक्षा तथा सुचारू संचालनको संयुक्त संरक्षण गर्ने इच्छा चीनले व्यक्त गरेको छ।

एकता नै शक्ति हो र भविष्यमा सफलता वा विफलता आजको कार्वाहीमा भरमा पर्दछ। मानवजातिको भविष्य तथा भाग्यसँग घनिष्ट सम्बन्ध भएको यस लडाईंमा चीनले सकेसम्म योगदान गर्दै जाने छ।

जानकारी तथा लेखहरु