फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झूठो बोल्ने पोम्पेओले 'ठग कूटनीति'को प्रचार गर्दै

(GMT+08:00) 2020-06-10 20:51:47

ठट्टा मजाक गरिरहने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले हालै चीनले अफ्रिकी मूलका अमेरिकी नागरिकको मृत्युको विषय उठाएर नक्कली प्रचारप्रसार गरिरहेको दोषारोपण गर्नुभएको छ।

सो मृत्युबाट अमेरिकी समाजमा जातिभेद भन्ने विषाक्त रोगलाई देखाइएकोले विश्वव्यापी रूपमा व्यापक आक्रोश र उत्तेजना फैलिएको छ। संयुक्त राष्ट्र संघका उच्च पदाधिकारी तथा चार जना अमेरिकी पूर्व राष्ट्रपति लगायत अन्तर्राष्ट्रिय व्यक्तिहरूले बेग्लाबेग्लै रूपमा वक्तव्य प्रकाशित गर्दै निन्दा व्यक्त गरेका छन् भने विश्वका विभिन्न ठाउँमा अमेरिकी रंगभेद लक्षित जुलुस प्रदर्शनीमार्फत् कडा विरोध जनाइएको छ। ती गतिविधिहरू चिनियाँ मिडियाबाट जादु गरिएका हुन् र? पोम्पेओहरूले यस्तो झूठो कुरा चिच्याउनुको उद्देश्य कि त दबावमा परेर कुकुर जस्तै टोक्न खोजेको हो, कि त वर्तमान परिस्थितिलाई जटिल र अस्पष्ट पार्न खोजेको हो।

चीनले सँधै नै अरू मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने कूटनैतिक सिद्धान्तको पालना गर्ने गर्छ र अमेरिकी आन्तरिक मामिलामा हात राख्नुपर्ने चासो चीनलाई छैन। चिनियाँ समाजले अमेरिकी जातिय भेदबाट उत्पन्न दुर्घटनाको आलोचना गरेकोबाट मानवजातिको अन्तस्करण प्रतिविम्वित गरेको हो। हालको अवस्थाबाट हेर्दा सो दुर्घटनाको प्रयोग गरेको मुलुक चीन होइन, बरू झूठो बोल्ने बानी भएका पोम्पेओ हुनुहुन्छ।

प्रशस्त तथ्यहरूबाट के प्रमाणित भएको छ भने नक्कली सूचना बनाउने, विश्वप्रति ठट्टा गर्ने गतिविधिहरू पोम्पेओहरूको 'ठग कूटनीति' फैलाउने विशेषता बनिसकेको छ। ती राजनीतिज्ञहरूले गृह मामिलाको संचालन गर्ने उपाय नपाएपछि दोष अरू देशमाथि लगाउने गर्छन्। बारम्बार ठग्ने र एक एक अन्तर्विरोध र संकट उत्पन्न गरेर आफ्नो झूठो कुरालाई सक्कलीसम्म परिणत गर्न खोजिरहेका छन्।

'ठग कूटनीति'को तर्जुमा गर्ने पोम्पेओले अन्तर्राष्ट्रिय समाजमा चीनलाई घेर्ने सञ्जाल बनाउन खोजिरहनुभएको छ। हालै अमेरिकाले आउने सेप्टेम्बरमा लम्ब्याएको ७ मुलुक समूह शिखर सम्मेलनमा भाग लिन भारत, अस्ट्रेलिया, दक्षिण कोरिया, रूसका नेतागणको निमन्त्रणा गर्यो र ह्वाइट हाउसले सम्मेलनको ध्यानाकर्षण नै ' चीनको भविष्य' भन्ने संकेत गरेको छ। यस्तो गतिविधिको जवाफ दिँदै रूसी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्टसँग भनिसकेः 'चीनको सहभागिता नभएमा विश्वव्यापी प्रस्तावको कार्यान्वयन गर्न निकै गाह्रो हुन्छ र यूरोपेली संघको कूटनैतिक नीति जिम्मेवार व्यक्तिले यसरी औंल्याएका छन् कि अमेरिका सरकारले ७ मुलुक समूहको शिखर सम्मेलनको तरिका वा सदस्य मुलुकको हैसियतकालाई सँधै परिवर्तन गर्ने सक्दैन।

यसो हेर्दा अन्तर्राष्ट्रिय समाजले पोम्पेओहरूको 'ठग कूटनीति'लाई बुझिसकेको छ र यस्तो जालमा पर्दैन।

पोम्पेओहरूसँग एउटै पक्षमा उभिन वर्तमान अन्तर्राष्ट्रिय समाजमा नैतिकता भएका कुनै राजनीतिज्ञहरूको चाहना पनि छैन। उनीहरू अमेरिकाको कूटनैतिक इतिहासमा सबभन्दा लाज लाग्ने पाना बन्ने कुरामा शंका छैन।

जानकारी तथा लेखहरु