फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'अमेरिकी मानवअधिकार रक्षक'लाई लाज लाग्दैन?

(GMT+08:00) 2020-06-11 20:53:32

हालै अमेरिकी सिभिल लिवर्टी युनियनले संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदलाई लेखेको एउटा चिट्ठीमा अमेरिकी प्रहरीले हिंसात्मक रूपमा प्रदर्शनकारीहरूमाथि दमन गरेकोबारे छानबीन गर्न माग गरेको छ। संयुक्त राष्ट्र संघले अमेरिकी समाजको मागको समर्थन गर्दै अमेरिकी सरकारले मानवअधिकार उल्लंघनको जिम्मावारी लिनुपर्नेमा सो चिठीमा जोड दिइएको छ।

बितेका १० दिनमा अफ्रीकी मूलका अमेरिकी नागरिकको मृत्युबाट ठूलो परिधिको मानवअधिकार आन्दोलन अमेरिकाभरी फैलिएको छ। ८० प्रतिशत अमेरिकीले अमेरिका नियन्त्रणबाहिर गएको विचार वाल स्ट्रिट जर्नल तथा एनबीसीको संयुक्त सर्भेक्षणमा राखेका छन्।

यता अमेरिकी सर्वसाधारणहरूको आक्रोश तीव्र बन्दै गइरहेता पनि केही अमेरिकी राजनीतिज्ञहरू तथा संचारमाध्यमले अमेरिकी समाजको जातिय अन्तर्विरोधलाई चर्को पार्ने विषयलाई छनौट गरेका छन्, सरकारले सशस्त्र शक्तिको प्रयोग गरेर प्रदर्शनमाथि दमन गर्नुपर्छ। अफ्रिकी मूलका नागरिकले हिंसा पाएकोबाट शेयर बजार उकालो लाग्ने जस्ता कुरा उचालिरहेका छन्।

यस पटकको आन्दोलनबाट विश्वसामु के देखिएको छ भने मानवअधिकार रक्षकको नाम लिएको अमेरिकी राजनीतिज्ञहरू नै मानव सिर्जित विपत्तिका उत्पादक हुन्। बेलायती द इन्डिपेन्डेण्ट वेभसाइटले यसबारे चर्चा गर्दै मानवअधिकारलाई मुखमै राखेको अमेरिकाले आफ्नो मानवअधिकारको जिम्मा लिइरहेको छैन र जनताको ज्यानको बेवास्ता गरेको छ।

अमेरिकामा जातिय विभेद निषेध गरिएको 'नागरिक अधिकार विधेयक' लागू भएको ५० वर्ष भइसकेको छ तापनि रङ्गभेद समस्याको समाधान गर्ने तरिका अमेरिकी सरकारले पत्ता लगाउन सकेको छैन। यो नै आधुनिक मानवअधिकारमा हिलो छ्यापिएको जस्तो हो र अमेरिकी समाजको दुःख तथा दुर्भाग्य हो।

आज आएर सम्पूर्ण विश्वले बुझिसकेको छः अरूको मानवअधिकार उल्लंघन गर्दै आफ्नो स्वार्थ पूरा गर्नु नै केही अमेरिकी राजनीतिज्ञहरूको वास्तविक मानवअधिकारबारेको धारणा बनेको छ। ती कथित 'मानवअधिकार रक्षकहरू'ले विश्वलाई अलमल्ल पार्ने 'मानवअधिकारको दोधारे मापदण्ड' को नाटक बन्द गर्ने बेला आइसक्यो।

जानकारी तथा लेखहरु