फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्विटरले हजारौं तथाकथित "चीन प्रशंसक खाता" हटाएकोप्रति चिनियाँ परराष्ट्रको प्रतिक्रिया

(GMT+08:00) 2020-06-13 16:11:40

ट्विटर कम्पनीले हजारौं तथाकथित "चीनले नक्कली सूचना प्रसारण तथा महामारी सामनाको प्रशंसक खाताहरू" हटाएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यिङले जुन १२ तारिख नियमित पत्रकार सम्मेलनमा चीनको महामारी सामनालाई मान्यता दिनु नक्कली सूचनासँग जोडिनु आधारहीन भएको बताउँदै संगठित तवरले चीनको बदनाम गर्ने खाता चाहिं हटाइनुपर्ने कुरा बताउनुभयो।

व्हा छुन यिङले चीनले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न गरेको प्रयास र हासिल गरेको उपलब्धि वास्तविक रहेको कुरा बताउनुभयो।

व्हाले चीनले अन्तर्राष्ट्रिय समाजसँग एकता र सहयोग बढाउन, नक्कली सूचनाको संयुक्त रुपमा प्रतिरोध गर्न आव्हान गरेको कुरा दोहोर्‍याउनुभयो।

जानकारी तथा लेखहरु