फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको दोषारोपणको निशानामा ल्याटिन-अमेरिकी मूलका नागरिक

(GMT+08:00) 2020-06-13 20:11:32

जुन ११ तारिख अमेरिकी ह्वाइट हाउसले कोभिड-१९ महामारी सामना टोलीको छलफलमा अमेरिकी नेताले वर्तमान अमेरिकामा कोभिड-१९ महामारीको अवस्था फेरि गम्भीर बन्नुका पछाडि मेक्सिकोका पर्यटकहरूमाथि दोषारोपण गर्नुभएको छ। साथै उहाँले यस्तो अवस्था अर्थतन्त्रको पुनरारम्भसँग सम्बन्धित नभएको बताउनुभयो। चीन, विश्व स्वास्थ्य संगठन, यूरोपेली संघ र ल्याटिन-अमेरिकासम्म यस अमेरिकी सरकारले आफूले महामारी प्रतिरोधको जिम्मेवारी पन्छाउने क्रममा अरू मुलुक वा क्षेत्रहरू खोजिरहेको छ। जसबाट ल्याटिन-अमेरिकीको भनाइलाई फेरि एक पटक प्रमाणित गरिएको छ कि 'स्वर्गबाट टाढा तर अमेरिकाबाट अति नजिक।'

महामारी देखा परेयता, अमेरिकामा रहेका ल्याटिन अमेरिकी मूलका नागरिकहरूले विशाल जातिय असमानता भोगिरहेका छन्। न्यूयोर्क नगरपालिकाले गत अप्रिलको शुरूमा सार्वजनिक गरेको 'कोभिड-१९ का कारण मृत्यु भएका जातिय वितरण' बमोजिम, ल्याटिन अमेरिकी मूलका नागरिहरू कूल संख्याको ३४ प्रतिशत ओगटेको छ।

अमेरिकी नेताले मेक्सिकोमाथि अपराध तथा सरूवा रोगको दोष लगाउने गरेका छन्। यस पटक यसो गरेकोबाट महामारी संकटमार्फत आप्रवासीलाई सीमित पार्ने नीतिलाई अघि बढाउन सक्नेछ। महामारीबाट पीडित मेक्सिकोको मुखमा अमेरिकाले अभियोग कोरिदिएको छ।

तर तथ्यलाई लुकाउन सकिँदैन धेरै विषेशज्ञले औंल्याएका छन कि हालै अमेरिकामा देखा परेको महामारीको पुनः गम्भीरताका केही कारणहरू छन् कि एउटा भनेको मै महिनाको अन्तमा अमेरिकामा लाखौं उपस्थितिको जुलुस प्रदर्शनी भने अर्को अमेरिकाभरि देखा परेका प्रहरीको हिंसात्मक कार्वाहीको विरोध तथा जातिभेद विरोधी जुलुस प्रदर्शनी। माथि उल्लेखित सबैबाट महामारी फैलावटको खतरालाई ठूलो पारिएको छ।

यसका अतिरिक्त, अमेरिकाका केही राज्यहरूमा महामारी पूर्ण रूपमा नियन्त्रणमा नआएको अवस्थामा अर्थतन्त्रको पुनरूत्थान शुरू गरिसकेको छ जसबाट महामारी गम्भीर बनाइएको छ।

अमेरिकामा महामारी निकै खतरनाक अवस्थामा आइपुगेकाले केही अमेरिकी राजनीतिज्ञहरूले राजनीतिक हितमा मात्रै केन्द्रित हुन खोजिरहेका छन्।

विश्वमा महामारी प्रतिरोध तथा आर्थिक पुनरूत्थान एउटा ठूलो परियोजना हो र जुन कुनै पनि मुलुकसँग सम्बन्धित छ। आफ्नो फोहर अरूको आँगनमा फाले तापनि आफ्नो समस्याको समाधान हुँदैन र स्वदेशका सर्वसाधारणको ज्यान पनि बचाउन सक्दैन। अमेरिकी राजनीतिज्ञहरू कहिलेदेखि झूठको निद्रा निदाउँन छोड्छन्?

जानकारी तथा लेखहरु