फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङको स्थिरताका लागि राष्ट्रको सुरक्षा कानुन आवश्यक

(GMT+08:00) 2020-06-16 20:46:55

"एक देश दुई वटा प्रणाली"शीर्षकमा राजनितिक प्रणालीको पालन र सुधार गर्ने अर्थात् हङकङ आधारभूत कानुन व्यवस्थापन गरिएको ३०औँ बार्षिकोत्सवमा अन्तर्राष्ट्रिय बैठक चीनको शन चन शहरमा आयोजित भयो। चीनको मुख्य भूमि, हङकङ विशेष प्रशासनिक क्षेत्र, मकाउ प्रशासनिक क्षेत्र, रूस, बेलायत, जर्मनी, स्पेन र भारतबाट आएका २०० भन्दा बढी विद्वान तथा विशेषज्ञहरू सो बैठकमा सहभागी भएका छन्। धेरैजसो सहभागीहरूले राष्ट्रिय सुरक्षा कानुन बनाएको कुरा हङकङको परिस्थिति भ्रमबाट स्थिरतातिर परिवर्तन गर्ने महत्वपूर्ण अवसर रहेको विचार व्यक्त गरेका छन्।

हङकङको आर्थिक र जीवन सम्बन्धित मामिलाको समाधान तथा सुधारमा समाजको पातावरणलाई स्थिर बनाउनुपर्छ। हङकङमा चीनबाट विभाजन गर्ने र आतंकवादी गतिविधिलाई प्रतिरोध गर्नका लागि राष्ट्रिय सुरक्षा कानुन बनाइएको छ। यस कानुनले"एक राष्ट"अर्थात् चीनको एकतालाई सबल बनाउने छ भनेर "दुई प्रणालीको"अर्थात् हङकङका नागरिकको स्वतन्त्रता तथा अधिकारलाई सुरक्षित गर्ने रहेको मानिन्छ।

राष्ट्रिय सुरक्षा कानुन बनाउने प्रक्रियालाई अगाडी बढाउँदै हङकङको सामाजिक व्यवस्था स्थिर र सुदृढ बन्दै आएको देखिन्छ। साथै हङकङको कानुनी प्रणाली र व्यपारिक वातावरण सुधार हुँदै जाने विश्वास छ। यसैले विश्वका विभिन्न मुलुकका उद्योग व्यवसायहरू हङकङमा राम्ररी विकास हुनसक्ने पनि सम्भावना छ। हङकङको भविष्य अझै उज्यालो हुने मानिन्छ।

जानकारी तथा लेखहरु