फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव अधिकारका नाममा हिंसात्मक र आतंकवादी शक्तिलाई समर्थन गर्ने अमेरिकाले आफ्नै खुट्टामा बन्चरो हान्दै

(GMT+08:00) 2020-06-18 19:50:38

अमेरिकाले जुन १७ तारिख तथाकथित "युगुर मानव अधिकार नीतिको कानुनी मस्यौदा २०२०"लाई ऐन-कानुनको रुपमा हस्ताक्षर गर्दै चीनको सिन्च्याङको मानव अधिकार अवस्थालाई बंग्याएको र सिन्च्याङको प्रशासन सम्बन्धी चीन सरकारको नीतिमाथि खराब शब्दद्बारा थिचोमिचो गरेको छ। अमेरिकाको त्यस कारवाई गम्भीर रुपमा अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम विपरीत भएको र त्यसले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाले चीनले त्यसको कडा शब्दमा क्रोध व्यक्त गरेको र दृढताका साथ विरोध गरेको छ।

बिगत केही वर्षयता केही अमेरिकीले कुचेष्टा बोकेर सिन्च्याङ समस्याको नाउँमा सिन्च्याङको समृद्धि र स्थिरतामा हानी पुर्‍याउन र चीनको जातीय एकतालाई ध्वस्त पार्न खोजेका छन्। उक्त तथाकथित सिन्च्याङ सम्बन्धी कानुनी मस्यौदा वास्तवमा अमेरिकी राजनीतिज्ञले आफ्नो स्वार्थी राजनीतिक हित मच्चाएको अर्को राजनीतिक हास्य नाटक हो। त्यसमा नक्कली र झुटो भरिपूर्ण भएकाले निराधार देखिन्छ।

सबैलाई थाहै छ, सिन्च्याङसँग सम्बन्धित रहेका समस्याहरू जातीय, धार्मिक अथवा मानव अधिकार समस्या होइनन् बरु हिंसात्मक, आतंकवाद र पृथकतावाद विरुद्ध समस्या नै हुन्।

जानकारी तथा लेखहरु