फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङको आतंकवाद विरोधी कार्यमा नयाँ सशक्त प्रमाण

(GMT+08:00) 2020-06-19 17:23:54

चाइना मिडिया ग्रुप अन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले जुन १९ तारिख "शानदार थेन शान पहाड---चीनको सिन्च्याङ आतंकवाद विरोधी स्मरण" शीर्षकको वृत्तचित्रको प्रसारण गरेको छ। जुन सीजीटीएनले गत वर्षको अन्त्यमा उस्तै विषयका दुईवटा वृत्त चित्र प्रस्तुत गरेपछि प्रसारण गरेको अर्को उच्चगुणस्तरीय वृत्तचित्र हो। अमेरिकाले जथाभावी रुपमा तथाकथित "युगुर मानव अधिकार नीतिको कानुनी मस्यौदा २०२०"लाई ऐन-कानुनको रुपमा हस्ताक्षर गरेको परिप्रेक्ष्यमा सो वृत्तचित्रले अधिकांश तथ्य कुरामार्फत आतंकवादी तत्वहरूले सिन्च्याङमा मच्चाएका शृंखलाबद्ध अपराधी गतिबिधिलाई भण्डाफोर गरेको छ। चीन सरकारले कानुन बमोजिम सिन्च्याङमा आतंकवाद विरोधी र उग्रवादलाई मेटाउने संघर्ष चलाउने आवश्यकता र प्राप्त फलदायी उपलब्धिलाई पनि त्यस वृत्तचित्रले देखाउनुका साथै अमेरिकी राजनीतिज्ञले सिन्च्याङको नाउँमा निकालेका विविध झुठलाई पनि सशक्त रुपमा अनावरण गरेको छ।

अपूर्ण तथ्याङ्क अनुसार, गत सन् १९९० देखि सन् २०१६ को अन्त्यसम्म सिन्च्याङमा हजारौंभन्दा बढी हिंसात्मक आतंकवादी काण्ड र घटना देखापरेकाले अधिकांश निर्दोष सर्वसाधारणको हताहत र ठूलो सामाजिक नोक्सानी भएको थियो। तर केही अमेरिकी राजनीतिज्ञ र सञ्चार-माध्यमले कुचेष्टा बोकेर तथ्यलाई लुकाएकाले अन्तर्राष्ट्रिय समाजले त्यसबारे थोरै थाहा पाएको छ। त्यसैगरी गत वर्षको अन्त्यमा सीजीटीएनले प्रस्तुत गरेको सिन्च्याङको आतंकवाद विरोधी दुईवटा वृत्तचित्रबाट अन्तर्राष्ट्रिय समाजमा निकै ठूलो प्रतिकृया आएको छ।

आतंकवाद मानव जातिको साझा शत्रु नै हो। ती बदमाश अमेरिकी राजनीतिज्ञले छिटोभन्दा छिटो गरी रङ्गीचङ्गी चस्मा र दोहोरो मापदण्ड त्यागेर आतंकवादी र हिंसात्मक तत्वलाई समर्थन गर्ने र सिन्च्याङ मामिलामा हस्तक्षेप गर्ने कालो हातलाई फिर्ता लिन चीनको सुझाव छ। नत्र भने आफूले सिर्जना गरेको दु:ख अन्त्यमा आफू चाख्नुपर्ने छ।

जानकारी तथा लेखहरु