फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समृद्ध र स्थिर सिन्च्याङबाट अमेरिकी राजनीतिज्ञको झुटको अनावरण

(GMT+08:00) 2020-06-20 16:50:14

अमेरिकाले हाल तथाकथित "युगुर मानव अधिकार नीतिको कानुनी मस्यौदा २०२०"लाई ऐन-कानुनका रुपमा हस्ताक्षर गर्दै सिन्च्याङ मानव अधिकारको अवस्थाको बदनाम गर्नुका साथै सिन्च्याङको प्रशासन सम्बन्धी चीन सरकारको नीतिलाई खराब शब्दमा बंग्याएको छ। अमेरिकाको त्यस कारवाईप्रति सिन्च्याङका विभिन्न जातिका २ करोड ५० लाखभन्दा बढी जनता लगायतका सबै चिनियाँ जनताले निकै क्रोध व्यक्त गरेका छन्। साथै अन्तर्राष्ट्रिय समाजको न्यायोचित शक्तिले पनि त्यसको निन्दा गरेको छ।

लामो समयको विकास विशेषत: केही वर्षयता प्रभावकारी रुपमा आतंकवाद विरोधी र उग्रवादी शक्ति विरुद्ध संघर्ष चलाएर सिच्याङले समृद्ध विकास हुने नयाँ अवधिको स्वागत गरेको छ। विभिन्न जातिका जनताले सुखमय जीवन बिताइरहेको सिन्च्याङ र आर्थिक तथा सामाजिक समृद्धि र स्थिरता भइरहेको सिन्च्याङबाट अमेरिकी राजनीतिज्ञले निकालेको निराधार झुटलाई अनावरण गरिएको देखिन्छ।

चाइना मिडिया ग्रुप अन्तर्गत चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले जुन १९ तारिख "शानदार थेन शान पहाड---चीनको सिन्च्याङ आतंकवाद विरोधी स्मरण" शीर्षकको वृत्तचित्रको प्रसारण गरेको छ। अमेरिकाले जथाभावी रुपमा तथाकथित "युगुर मानव अधिकार नीतिको कानुनी मस्यौदा २०२०"लाई ऐन-कानुनको रुपमा हस्ताक्षर गरेको परिप्रेक्ष्यमा सो वृत्तचित्रले अधिकांश तथ्य कुरामार्फत आतंकवादी तत्वहरूले सिन्च्याङमा मच्चाएका शृंखलाबद्ध अपराधी गतिबिधिलाई भण्डाफोर गरेको छ। चीन सरकारले कानुन बमोजिम सिन्च्याङमा आतंकवाद विरोधी र उग्रवादलाई मेटाउने संघर्ष चलाउने आवश्यकता र प्राप्त फलदायी उपलब्धिलाई पनि त्यस वृत्तचित्रले देखाउनुका साथै अमेरिकी राजनीतिज्ञले सिन्च्याङको नाउँमा निकालेका विविध झुटलाई पनि सशक्त रुपमा अनावरण गरेको छ।

सिन्च्याङको अझ राम्रो विकासलाई अघि बढाउनका लागि चीन सरकारले कानुन बमोजिम आतंकवाद विरोधी र उग्रवादी शक्तिलाई मेटाउने संघर्ष चलाउनु बाहेक जोडतोडसँग स्थानीय जनजीवनको सुधारलाई पनि घच्घच्याउँदै आएको छ।

अधिकांश तथ्य कुराबाट के प्रमाणित गरिएको छ भने हाल सिन्च्याङ इतिहासको सबभन्दा समृद्ध विकास हुने अवधिमा भइरहेको, विभिन्न जातिका जनताको बाँच्ने अधिकार र विकास अधिकार लगायतका आधारभूत अधिकारलाई सम्पूर्ण रुपमा प्रत्याभूति दिइरहेको देखिन्छ।

जानकारी तथा लेखहरु