फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लकडाउनका तीन महिनामा सवा खर्ब रुपैयाँबराबरको अत्यावश्यक वस्तु आयात

(GMT+08:00) 2020-06-26 16:54:18
लकडाउनयता तीन महिनामा सवा खर्ब रुपैयाँबराबरको अत्यावश्यक वस्तु आयात भएको छ । चैत ११ देखि असार १० सम्म १ खर्ब ६४ अर्ब १२ करोड रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा ३ लाख ७० हजार २ सय ८६ मेट्रिक टन खाद्यान्न र १ लाख ९ हजार २ सय ६ मेट्रिक टन तरकारी भित्रिएको छ । गेडागुडी/दलहन ९२ हजार २ सय ५४ मेट्रिक टन आएको कान्तिपुर अनलाइनमा खबर छ। 'पछिल्ला दिनमा आयात क्रमिक सुधार हुँदै गएको छ,' भन्सार विभागका तथ्यांक अधिकृत मोहन पुडासैनीले भन्नुभयो, 'आपूर्तिको अवस्था सहज नै छ।'

खाद्यान्न, तरकारी र दलहनबाहेक फलफूल र दुग्ध पदार्थको आयात पनि बढेको छ। लकडाउनका तीन महिनामा ४३ हजार ९ सय ६३ मेट्रिक टन फलफूल आयात भएको विभागको तथ्यांक छ। विगतको तुलनमा फलफूल आयातमा भने केही कमी आएको छ। गत डिसेम्बरमा चीनमा कोरोना देखिएपछि संक्रमण फैलिने डरले केही दिन आयात बन्द थियो । अहिले आयात पुन: सुरु भएको छ । ०७५/७६ मा ११ लाख ७८ हजार ३ सय ५२ मेट्रिक टन फलफूल उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ०७४/७५ को तुलनामा उत्पादन सामान्य बढे पनि माग धान्न सक्दैन। जसले गर्दा आयातमै निर्भर हुनुपर्ने बाध्यता भएको कृषि मन्त्रालयका कर्मचारी बताउँछन्। स्वदेशीमा पर्याप्त उत्पादन नभएपछि प्राय: फलफूल आयात गरिन्छ। फलफूल मुख्यत: चीन र भारतबाट आयात हुन्छ।

जानकारी तथा लेखहरु