फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको जनसङ्ख्या तीन करोडभन्दा बढी

(GMT+08:00) 2020-06-27 16:42:54
नेपालको जनसङ्ख्या शुक्रबार तीन करोड नाघेको छ । दैनिक अद्यावधिक हुने केन्द्रीय तथ्याङ्क विभागको जनसङ्ख्या घडीको गणनामा शुक्रबार नेपालको जनसङ्ख्या तीन करोड ६३४ पुगेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो।

यो सङ्ख्या गत ११औँ राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसारको तथ्याङ्क रहेको उहाँले बताउनुभयो । गत जनगणनाको तथ्याङ्क विश्लेषण अनुसार २० वर्ष अर्थात् वि.सं. २०८८ सम्मको जनसङ्ख्याको अनुमान गरिएको निर्देशक लामिछानेले बताउनुभयो।

निर्देशक लामिछानेले ११औँ राष्ट्रिय जनगणना, २०६८ को वृद्धिदरमा आधारित पूर्वानुमान अनुसार नेपालको जनसङ्ख्या तीन करोड नाघेको हो भन्नुभयो । राष्ट्रिय जनगणना २०६८ को जन्मदर, मृत्युदर र बसाइँ सराइ दरको आधारमा जनसङ्ख्या पूर्वानुमान गरिएको हो।

११औँ जनगणना अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ । निर्देशक लामिछानेका अनुसार जन्मदर र मृत्युदरको मध्यम वृद्धिदरका कारण आगामी १२औँ राष्ट्रिय जनगणना, २०७८ मा नेपालको जनसङ्ख्या वृद्धिदर अझै घट्नेछ र जनसङ्ख्या भने बढ्ने गोरखापत्र अलाइनमा खबर छ।

जानकारी तथा लेखहरु