फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोम्पेओ महामारीको विरुद्धको अन्तर्राष्ट्रिय सहयोग भंग गर्ने व्यक्ति

(GMT+08:00) 2020-06-29 19:12:19

अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै चीनले अफ्रिकालाई दिएको सहायता "खाली प्रतिबद्धता" मात्र रहेको भन्दै कोभिड १९ विरुद्ध चीन-अफ्रिका शिखर सम्मेलनको उपलब्धिको बदमान गर्नु भएको छ।

अमेरिका र विश्वमा कोरोना भाइरस संक्रमित विरामीको संख्यामा बृद्धि भएको आकस्मिक समयमा पोम्पेओले शक्तिलाई महामारीको विरुद्धमा राख्नु भएको छैन र उहाँ महामारीको विरुद्धको अन्तर्राष्ट्रिय सहयोग भंग गर्ने व्यक्ति बन्नु भएको छ।

अफ्रिकाका को सही मित्र हो भन्ने वास्तविकता अफ्रिकी जनताले स्पष्ट रुपमा थाहा पाएका छन्। अफ्रिकामा पोम्पेओको कुनै पनि बजार छैन। चीनका सर्वोच्च नेता सी चिन फिङले भन्नुभए झैँ चीन अफ्रिकाको असल मित्र, असल साझेदार, असल दाजु-भाइ सधैँ रहने छ। महामारीपछि चीन र अफ्रिकाले एकअर्कालाई सहायता दिएका छन्। चीनले परिवारका सदस्यजस्तै चीनमा बसोबास गरिरहेका अफ्रिकीहरूको हेरचाह गरेको छ। हुपै प्रान्त र वुहान शहरमा अध्ययनरत अफ्रिकी विद्यार्थीहरूमध्ये एकजना संक्रमित भएपछि तुरुन्तै उपचार सफल भएको छ। यसबाहेक, सबै अफ्रिकी विद्यार्थी सुरक्षित छन्।

महामारीपछि चीनले तुरुन्तै अफ्रिकालाई सहायता दिएको छ। चीनले पचासवटा अफ्रिकी मुलुक र अफ्रिकी संघलाई मेडिकल सामग्री सहायता दिएको, एघारवटा मुलुकलाई चिकित्सा विशेषज्ञ टोली पठाएको, तीस पटक भिडियो सम्मेलनको आयोजना गरेको, चारपटक तालिम कार्यक्रमको आयोजना गरेको छ। अफ्रिकास्थित ४६ वटा स्थायी चिनियाँ चिकित्सा टोलीले पनि अफ्रिकामा महामारी विरुद्ध काम गरेका छन्।

हाल आयोजना भएको कोभिड १९ विरुद्ध चीन-अफ्रिका भिडियो शिखर सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले चीन-अफ्रिका स्वास्थ्य समुदाय र अझै घनिष्ट हुँदै चीन-अफ्रिका भाग्य समुदायको संयुक्त रुपमा सिर्जना गर्ने र यसबारे अनेकौं सहयोगात्मक प्रस्ताव प्रस्तुत गर्नुभयो।

चीनका वास्तविक कदमहरू चीनले अफ्रिकीको महामारी विरुद्ध र आर्थिक पुनरुत्थानको समर्थन दिनका लागि गरेको प्रयास हो। ती कदमहरू अफ्रिकी मित्र र अन्तर्राष्ट्रिय संस्थानद्वारा प्रशंसा गरिएको छ। कंगो गणतन्त्रका विदेश मन्त्री जिन क्लाउड गाकोसोले कठिन अवस्थामा रहँदा मात्र को सही मित्र हो भन्ने पत्ता लगाउन सकिने बताउनुभयो।

चीनले अफ्रिकालाई सहायता दिएको कुरा पनि विश्वव्यापी सार्वजनिक स्वास्थ्य सुरक्षाको संरक्षण गर्ने दायित्व हो। विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधनोम घेब्रेयेसुसले महामारी सिमाविहीन रहेको बताउनुभयो। अफ्रिकालाई सहायता दिनु आफूलाई सहायता दिनु र मानवलाई सहायता दिनुजस्तै छ।

अफ्रिकी संघका अध्यक्ष मौसा फाकी माहामाटले हालको स्थितिको सदुपयोग गरी अफ्रिका र चीनबीचको मित्रताको उत्तेजित गर्न सफल नहुने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु